Print

एमाले पर्वतले आगामी चैत्र १५ गतेबाट यसरी तयारी गर्दैछ स्थानीय निर्वाचनको

१३ चैत्र, पर्वत । वैशाख ३१ गतेको निर्वाचनलाई लक्षित गरी एमाले पर्वत निर्वाचन रणनीतिमा जुटेको छ । राज्य संघियतामा गएसंगै जिल्लाको संरचना समेत परिर्वतन भएका कारण पहिलो चरणमा संगठनका संरचनाहरु निर्माण गर्ने र सोहि संरचनामा चुनावी अभियान सञ्चालन गर्ने गरी एमाले आन्तरीक तयारीमा छ ।

नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले दिएको जानकारी अनुसार आगामी चैत्र १५ गते पुर्नसंरचना अनुसारका सवै संगठन कमिटिहरु निर्माण हुनेछन । पार्टीका गाउँ कमिटि र वडा कमिटि स्थायी कमिटिले विघटन गरेसंगै गाउँपालिका, नगरपालिका र वडा कमिटिको गठन गर्ने तयारी केन्द्रिय र्सकलुर अनुसार एमाले पर्वतले नयाँ कमिटि गठनको प्रारम्भ गरेको हो ।

यस अघि एमालेले वडा र वडा सदस्यहरुको उमेदवारी गाउँपालिका वा नगरपालिकाको सिफारिसमा जिल्ला कमिटिले टुंगाउने र गाउँपालिका वा नगरपालिकाका प्रमुख र उप प्रमुख भने प्रदेश कमिटिले टुंगाउने गरी निर्णय गरेको छ । सोहि संरचना अनुसार जिल्लाका दुई नगरपालिका र गाउँपालिकाको संगठन कमिटि गठनको एमाले पर्वतले तयारी गरेको पार्टी उप सचिव गोविन्द पहाडीले पर्वत न्यूज डटकमलाई जानकारी दिए ।

पहाडीका अनुसार केन्द्रिय निर्णय अनुसार गाउँ संगठन कमिटि र नगर संगठन कमिटिको इन्चार्ज भने जिल्ला कमिटिका बरिष्ठ सदस्यहरु मध्येबाट रहनेछन । गाउँ वा नगर कमिटिमा हालका गाँउ कमिटिका पदाधिकारी, क्षेत्रीय कमिटिका पदाधिकारी तथा सदस्यहरु र इलाका कमिटिका सदस्यहरु रहने गरी एमालेले यस अघि नै निर्णय गरीसकेको छ ।

एमाले पर्वतका अध्यक्ष गिरीले दिएको जानकारी अनुसार आगामी केहि दिन भित्रै पुर्नगठीत समितिहरुको वैठक बसी उमेदवारी छनौट प्रक्रिया अगाडि बढ्नेछ । उमेदवारीका लागि केन्द्रले बनाएको मापढण्डलाई आधार मानिने उनले बताए ।

एमालेको पुर्नसंरचित स्थानीय तहको सञ्चालनको लागि केन्द्रको र्सकुलर

  

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस