१३ चैत्र, बागलुङ । यात्रुबहाक जीप दुर्घटना हुँदा बागलुङमा एक जनाको मृत्य भएको छ भने तीन जना घाइते भएका छन ।
ढोरपाटन नगरपालिका वडा नम्बर–१ बुर्तिबाङ बजारनजिकै आइतबार बिहान पिकअप जिप दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको हो।
ग २ च ९११ नम्बरको जिप सडकबाट २० मिटर तल तमानखोलामा खस्दा तमानखोला गाउँपालिका–५ का ३६ वर्षीय टिकमा विकको घटनास्थालमै मृत्यु भएको हो। ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारबाट तमानखोला गाउँपालिकाको बोङ्गादोभानका लागि छुटेको जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा मृतकका ३ वर्षीय छोरा खगेन्द्र विक, सोही ठाउँका ६३ वर्षीय जसबहादुर विक र ४६ वर्षीय ज्ञानदेवी विक घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिए।
उनीहरु तिनै जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ। जिपका चालक ढोरपाटन नगरपालिका–२ का धुर्व कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





प्रतिकृया दिनुहोस्