Print

युनाइटेड मोदीले तल्लो मोदी २ आयोजनाको निर्माण कार्य शुरु गर्दै, जग्गा खरिद प्रक्रिया शुरु

१३ चैत्र, पर्वत । तल्लो मोदीखोला २ जलविद्युत आयोजनाको निर्माण कार्य शुरु गर्न लागेको छ । कुश्मामा रहेको युनाइटेड मोदी हाइड्रोपावरको दोस्रो आयोजनाको रुपमा तल्लो मोदी २ आयोजनाको कार्य शुरु गरेको हो ।

पहिलो चरण अन्तर्गत आयोजनाको प्रभावित क्षेत्र भित्र आवश्यक पर्ने जग्गाको अधिकरण (जग्गा खरिद) प्रक्रिया शुरुवात भएको आयोजनाका निर्देश उपेन्द्र गौतमले जानकारी दिए ।

कुश्मा नगरपालिकामा मोदीखोलामा निर्माण गर्न लागिएको उक्त आयोजनाको कुश्माको चुवा हुँदै वारी क्षेत्रबाट निर्माण गर्ने गरी पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको जग्गा अधिकरणको कार्य शुरु गरिएको हो ।

वारी क्षेत्रमा रहेका जग्गा धनीहरु जग्गा प्रदान गर्न सहमत नभएमा ज्ञादी क्षेत्रमा आयोजना रहने गरी पारीबाट आयोजना शुरुवात गरिने निर्देशक गौतमले जानकारी दिए ।

उक्त आयोजनाका लागि झण्डै ७० देखि ८० रोपनी जग्गा आवश्यक पर्ने र सोहि बमोजीमका जग्गाहरुका धनीहरुसंग सम्बाद चलिरहेको उनले पर्वत न्यूज डटकमलाई जानकारी दिए । रन अफ रिभर मोडल निर्माण गर्न लागिएको उक्त आयोजनाबाट १० दशमलब ५ मेगावाट विद्युत उत्पादनको क्षमता रहनेछ ।

आयोजनाले सरकारबाट केहि दिन भित्रै उत्पादन अनुमति पत्र प्राप्त गरेपछि औपचारिक रुपमा आयोजनाको निर्माण कार्य अगाडि बढने गौतमले बताए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस