४ चैत्र, पर्वत । जिल्लाको दुर्लुङ स्थित सूर्यप्रकाश माविमा अध्ययन गरेका भूतपुर्व बिद्यार्थीले विद्यालयका लागि भौतिक सामाग्री सहयोग गरेका छन ।
भूतपुर्व बिद्यार्थी तथा रोट्रयाक्क क्लब पर्वतका अध्यक्ष आरसी शर्माले विद्यालयका लागि आवश्यक भौतिक सामाग्री सहयोग गरेका हुन । क्लबको सप्ताहब्यापी कार्यक्रमको अवसर पारेर पौडेलले आफूले अध्ययन गरेको विद्यालयका लागि उक्त सामाग्री सहयोग गरेका हुन ।
क्लबले आयोजना गरेको एक कार्यक्रममा पौडेलले ५० थान कुर्ची, १ थान प्रिन्टर र १ थान टेवल वितरण गरे । यसै गरी सोहि अवसरमा पौडेलले दुर्लुङ कोट मन्दिरका लागि ५० थान कुर्ची र १ थान टेवल वितरण गरेका छन । पौडेल झण्डै ८० हजार बराबरको भौतिक सामाग्री सहयोग गरेका हुन ।
हस्तान्तरण कार्यक्रममा बोल्दै पौडेलले आफूले अध्ययन गरेको सामुदायिक विद्यालयमा भौतिक सामाग्रीको अभाव महशुस गरेर आफूले विद्यालयकै अनुरोध बमोजीम उक्त सामाग्री हस्तान्तरण गरेको बताए ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय पर्वतका शाखा अधिकृत राजेन्द्रवहादुर क्षेत्रीले क्लवले शैक्षिक तथा धार्किक क्षेत्रमा सहयोग गरेको भन्दै प्रशंशा गरे । उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सानो सहयोगले पनि ठुलो महत्व राख्ने बताउँदै सहयोगको सहि सदुपयोग गर्न सबैमा आग्रह गरे ।
कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, सुर्य प्रकाश माविका अध्यक्ष लोखनाथ पौडेल, दुर्लुङकोट मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुकवहादुर गुरुङ, रोट¥याक्ट क्लव अफ पर्वतका संस्थापक अध्यक्ष मोहन आचार्य, रोटरी क्लव अफ पर्वतका आगामी अध्यक्ष विप्लव हमाल र रोट¥याक्ट सप्ताहका मुल संयोजक मिलन पौडेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
रोट¥याक्ट क्लव अफ पर्वतका अध्यक्ष रामचन्द्र पौडेल(आर.सी) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक कामना रेग्मी र सुर्य प्रकाश मा.विका प्रधानाध्यापक श्यामसुन्दर सापकोटा र कार्यक्रमको सञ्चालन रोट¥याक्ट क्लव अफ पर्वतका सचिव गणेश पौडेलले गरेका थिए ।






प्रतिकृया दिनुहोस्