२४ फागुन, पर्वत । पारिवारिक नीजि बन संघ नेपाल (एफफोन) जिल्ला शाखा पर्बतले जिल्ला बन कार्यलय पर्बतलाई ज्ञापनपत्र बुझाएको छ ।
पारिवारीक नीजि बनलाई सरकारको प्राथमिकता कार्यक्रममा समाबेश गरिनुपर्ने, नेपालको बन क्षेत्रसम्बन्धी कुनै पनि नीति निर्माण र निर्णय गर्दा पारिबारीक नीजि बन क्षेत्रको प्रतिनीधित्वको सुनिश्चित गर्नुपर्ने, ब्यतिmको स्बामित्वमा रहेका साल प्रजाति र उत्तिसका रुखहरुमा अघोषित रुपमा लगाईएको प्रतिबन्ध तत्काल फुकुबा गरिनुपर्ने लगायतका १२ बुँदे माग सहित ज्ञापन पत्र बुझाईएको हो ।
मंगलबार जिल्ला बन कार्यलय पर्बतका निमित्त जिल्ला बन अधिकृत हरिशचन्द्र सापकोटालाई पारिवारिक निजी बन संघ नेपाल जिल्ला शाखाका अध्यक्ष ईश्वरी प्रसाद भुषालले ज्ञापन पत्र बुझाउनुभएको हो ।





प्रतिकृया दिनुहोस्