Print

कुश्मामा चिन्नेखोलाले स्कुटर बगायो

पर्वत, भदौ १९ । भारी वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका–९ स्थित चिन्ने खोलामा आएको बाढीले एउटा स्कुटर बगाएको छ।

शुक्रबार साँझ करिब ६:५५ बजे आएको बाढीले ध २ प २५५९ नम्बरको स्कुटर बगाएको स्कुटर चालक गणेश लामिछानेले जानकारी दिनुभएको छ।

केही समयअघि चिन्ने खोलामा ठूलो बाढी आएको थियो। वर्षा जारी रहेकाले खोलामा पानीको बहाव अझै उच्च रहेको बताइएको छ।

दोबिल्ला–फलेवास सडकखण्डअन्तर्गत पर्ने चिन्ने खोलामा बाढी आएपछि यात्रु तथा सवारीसाधनसमेत अलपत्र परेका छन्। बाढीका कारण आवतजावतमा समस्या भएको छ।