Print

कांग्रेस विवाद : पर्वतमा गगन समूहकै दबदबा, कुन नेता कता ?


२० भदौ, पर्वत । नेपाली कांग्रेसको विवाद यति बेला चरम उत्कर्षमा पुगेको छ । विशेष महाधिवेशन पक्षधर पाटी सभापति गगन थापा र विशेष महाधिवेशन इतर समूह वीच विवाद कायम छ । नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चुनेसंगै शुरु भएको विवाद अहिलेसम्म पनि समाधान हुन सकेको छैन । गत बर्ष भदौमा भएको जेनजि आन्दोलन पछि कांग्रेसले विशेष महाधिवेशन सम्पन्न गरेको हो ।

उक्त महाधिवेशन पछि गगन थापा पाटी सभापति भए । पाटी सभापति भएका थापालाई तत्कालीन सभापति देउवा पक्षले भने स्विकार गरेन । तत्कालीन कार्यवहाक सभापति पूर्णबहादुर खड्का लगाएतका नेताहरु सहभागी नभएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरे पनि त्यो नेतृत्व तत्कालीन संस्थापन पक्षले स्विकार गरेका छैनन् । यहि वीच थापा नेतृत्वको कांग्रेसले आगामी भदौ २४ गते देखि वडा अधिवेशनको आब्हान गरेको छ ।

असोज महिनामा नियमित महाधिवेशन सम्पन्न गर्ने गरी सम्पन्न गर्ने गरी घोषणा गरिएको निर्वाचन कार्यतालिका बमोजीम पर्वत कांग्रेसले आफ्नो तयारी जारी राखेको कांग्रेस पर्वतका सभापति युवराज जोशी बताउँछन् ।

थापा र देउवा पक्ष वीच भएको मतान्तरणको असर यति बेला पर्वत जिल्लामा पनि देखिन्छ । पाटी सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवा वीचको द्धन्द्धको असरमा पर्वतका नेताहरु पनि बाँडिएका छन् ।

कुन नेता कता ?

पर्वत कांग्रेसका प्रभावशाली मानिएका नेता अर्जुन जोशी पर्वत जिल्लाका ३ कार्यकाल प्रतिनिधि सभाका सांसद समेत हुन् । जोशी विशेष महाधिवेशन पूर्व देउवा समूहमा थिए । विशेष महाविधेशन पक्षधरसंगै खुलेका उनी उक्त महाधिवेशन पछि गगन समूहमा देखिएका छन् । विशेष महाधिवेशनमा केन्द्रिय सदस्य समेत बनेका जोशी गगन समूहमा खुल्दा पर्वत जिल्लामा थापा समूहको प्रभाव बढेर गएको छ ।

जोशीसंगै पर्वत कांग्रेसको जिल्ला कार्य समितिका पदाधिकारीहरु सवैजसो गगन समूहमै लागेका छन् । पाटी सभापति युवराज जोशी, उप सभापतिहरु डा. चूडामणी शर्मा, शिव सुवेदी, पाटी सचिवहरु गुप्तनीति शर्मा र अशोक उचै ठकुरी थापा समूहमै खुलेका छन् । पाटी क्षेत्रीय सभापतिहरु परवीन गुरुङ र राजकुमार क्षेत्री पाटी सभापति थापाकै पक्षमा छन् । जिल्लाका ७ पालिकाहरु मध्ये फलेवासका अध्यक्ष हिरामणी शर्मा यस अघि विशेष महाधिवेशनको विपक्षमा थिए । बाँकी सवै पालिका अध्यक्षहरु विशेष महाधिवेशन र गगन समूहमा खुलेका छन् ।

पर्वत जिल्लाका कुल २७ जना महाधिवेशन प्रतिनिधिहरु मध्ये ५ जना देउवा, शेखर समूहमा देखिएका छन् । बाँकी महाधिवेशन प्रतिनिधिहरु गगन समूहमा खुलेका छन् । महाधिवेशन प्रतिनिधिहरु मध्ये नवराज गुरुङ, ऋषीकेश तिवारी, सृजना मल्ल, मोहन गुरुङ र जीत बहादुुर नेपाली थापा इतर समूहमा देखिएका छन् ।

महाधिवेशन प्रतिनिधिमा खगेन्द्र प्रसाद तिवारी, विद्धान गुरुङ, विमलराज क्षेत्री, राजेन्द्र प्रसाद तिवारी, बसन्त बहादुर सिके, खिमप्रसाद भुषाल, राधाकुमारी कुँवर, सिताकुमारी काप्ले लामिछाने, मुना भुषाल, रेखा गुरुङ, खैसरा दर्जी परियार, मिना कुमारी केसी, डा. केदार सुवेदी, कुलप्रसाद उपाध्याय, मिना कर्माचार्य, लेखनाथ पौडेल, सनम बेगम विशेष महाधिवेशन पक्षधर रहेको बताइन्छ । उनीहरु मध्ये मुना भुषाल र सनम वेगम बर्तमान गगन थापा नेतृत्वको कांग्रेसका केन्द्रिय सदस्यहरु समेत हुन् ।

देउवा शेखर समूहको पक्षमा कांग्रेस नेताहरु रामकृष्ण मल्ल, विश्व प्रकाश प्रसाई, ललितकला गुरुङ, राम शर्मा लगाएतका नेताहरु देखिएका छन् । उनीहरुले वर्तमान नेतृत्व गगन थापालाई स्विकार गरेका छैनन् ।

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, फलेवास नगरपालिका प्रमुख गंगाधर तिवारी, जलजला गाउँपालिका अध्यक्ष राजु आचार्य, विहादी गाउँपालिका अध्यक्ष परवीन गुरुङ र पैयू गाउँपालिका अध्यक्ष तोरण मल्ल गगन समूहमा प्रष्ट रुपमा खुलेका छन् ।

कांग्रेसको विशेष महाधिवेशनलाई स्विकार गर्ने र नगर्ने समूहमा बाँडिएका नेताहरु मध्ये केहिले भने सर्वच्च अदालतमा विचारधिन मुद्धा समेत कुरेको देखिन्छ । अदालतले २ समूहको विवाद सुल्टाएको छैन, यद्यपि देउवा पक्षधरले गगन समूहले गर्न लागेको नियमित महाधिवेशन भने रोक लगाएन । अदालतको आदेशसंगै गगन थापा नेतृत्व कांग्रेले नियमित महाधिवेशन अघि बढाउन लागेको छ ।

नियमित महाधिवेशन समयमा भएको खण्डमा पर्वत जिल्लाको नेतृत्वको रस्साकस्सी प्रतिस्पर्धातमक हुने देखिन्छ । मुख्य गरी जिल्ला सभापतिको आकाक्षीको रुपमा धेरै नेताहरुले आकांक्षा ब्यक्त गरीरहेका छन् । वर्तमान सभापति युवराज जोशी कार्यकर्ताको प्रेसर भन्दै दोहारिन खोज्ने सम्भावना देखिन्छ ।

उता, महाधिवेशन प्रतिनिधि तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी पनि पाटी सभापतिको आकांक्षीको रुपमा भेटघाटमा ब्यस्त देखिन्छन् । पाटीका उप सभापतिहरु डा. चूडामणी शर्मा र शिव सुवेदी पनि सभापतिका आकांक्षी देखिएका छन् ।

आगामी जिल्ला अधिवेशनमा क्षेत्रीय कार्य समितिका सभापति तथा विहादी गाउँपालिका अध्यक्ष परवीन गुरुङले समेत जिल्ला सभापतिको दावा पेश गरीरहेका छन् । अर्का क्षेत्रीय सभापति राजकुमार क्षेत्री र फलेवास नगरप्रमुख गंगाधर तिवारी पनि सभापतिको आकांक्षी रहेका छन् ।

नेपाली कांग्रेसका झण्डै ९ हजार पाटी क्रियाशिल सदस्यहरु मध्ये ६ हजार ५ सय कार्यकर्ताले पछिल्लो अध्यावधिक गरेका छन् । कतिपय अध्यावधिक गरेका कार्यकर्ताहरु समेत विशेष महाधिवेशनको इतरमा रहेका छन् । सरकारी कर्मचारीहरु र विदेशमा रहेका क्रियाशिल सदस्यहरुले नविकरण नगर्दा नविकरणको संख्या घटेको पर्वत कांग्रेसको दावी छ । कतिपय विशेष महाधिवेशन विपक्षका नेताहरुले भने क्रियाशिल अध्यावधिक गरेका छैनन् ।