Print

पूर्व गृहमन्त्री गुरुङ माथि अनुसन्धानका लागि संसदीय छानवीन समिति गठन गर्नुपर्छ : गिरी


३ जेठ, पर्वत । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री पदम गिरीले पूर्व गृहमन्त्री सुदन गुरुङ माथि अनुसन्धानको लागि संसदीय छानवीन समिति गठनको माग गर्नुभएको छ । पर्वतको कुश्मा बजारमा आयोजीत मदन आश्रित स्मृति दिवसको अवसरमा बोल्दै गिरीले संसदीय छानवीन समिति बनाएर पूर्व गृहमन्त्री गुरुङ माथि अनुसन्धान गर्नुपर्ने बताउनुभएको हो ।


 हदबन्दी भन्दा बढि जग्गा राखेर आफ्नो सम्पत्ति लुकाउने प्रयास कानून विपरित भएको गिरीको भनाई छ । जिनजि आन्दोलन पछि ५० लाख बढि रकमको शेयर खरिद गरेको विषय आफ्नो विवरणमा लुकाएर पूर्व गृह मन्त्री गुरुङले अछम्य अपराध गरेको जिकिर छ । सरकारले चाहेमा कुनै पनि समिति नबनाई सिधै कारहबाही गर्नुपर्ने विषयलाई आन्तरीक समिति बनाएर चोख्याउन खोजेको गिरीले बताउनुभयो । सरकारले बनाएको समिति ‘लाइक म्यान्डेट’हरुको भएका भन्दै त्यस्तो समितिले निश्पक्ष छानवीन गर्न नसक्ने गिरीको भनाई  छ । सर्वदलीय संसदीय छानवीन समिति दिएको निश्कर्षका आधारमा सरकार अघि वढनुपर्ने गिरीले बताउनुभएको छ ।


गिरीले सरकारको कडा आलोचना गर्र्दै अघिल्ला सरकारहरुले डोजर नभएर सुकुमबासी बस्ती नभत्काएको होइन भन्नुभयो । ‘सुुकुमबासी बस्तीमा चलाउने डोजर अघिल्ला सरकारसंग पनि थिए’ पूर्व मन्त्री गिरीले भन्नुभयो –‘सुकुमबासीहरुको स्थायी समाधान नभएसम्म अघिल्ला सरकारहरुले डोजर चलाएका थिएनन । वर्तमान सरकारले सुकुमबासी बस्ती भित्रका महिला, अपांग, बालबालिका तथा दिर्घ रोगीहरुको उचित ब्यवस्थापन नगरी डोजर चलाएको भन्दै गिरीले असन्तुष्टि ब्यक्त गर्नुभएको छ ।

‘सरकारले सुकुमबासी समस्या समाधानका लागि आयोग बनाएर योजनाबद्ध काम गर्दै स्थानीय सरकारलाई अधिकार प्रत्योजन गर्दै थियो’ गिरीले थप्नुभयो–‘यो सरकार कुलिन तथा सम्भ्रान्त वर्गको भएका कारण गरिब र सुकुमबासी प्रति पहिलो लक्षित भयो ।’ मत फर्ने भन्दै भोट हालेका गरिब र सुकुमबासीहरु अहिले पश्याताप गरीरहेको भन्दै गिरीले कुलिन तथा सम्भ्रान्त वर्गको सरकार भएको बताउनुभयो ।


एक केजी चामल लिएर जीवन गुजारा गरेका मधेसका सिमानाका नागरिकहरुलाई सरकारले दुःख दिईरहेको गिरीको आरोप छ । कुलिन वर्गको सरकारले गरिब वर्गको भावना नबुझेको भन्दै एक मुठो निउँरो बेच्न पनि सरकारले नदिएको प्रति आक्रोस ब्यक्त गर्नुभयो । गरिब र सिमान्तकृत समुदायको भावना वर्तमान सरकारले नबुझ्ने भन्दै सरकारल अधिनायकबादी चरित्रमा फसेको गिरीको आरोप छ ।


सदन छलेर प्रधानमन्त्रीले सर्वसत्ताबाद र निरंकुश हुन खोजेको भन्दै जनताको मनोभावना बमोजीम सरकार अगाडि बढ्न नसकेको गिरीले  बताउनुभयो ।


जवजको विचारका कारण नभई ब्यक्तिगत आचरणका कारण नेकपा एमाले रक्षात्मक भएको बताउनुभयो । वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानै सरकारको नक्कल गरेर ल्याएको कारण वर्तमान सरकारसंग नयाँ कुनै योजना नभएको बताउनुभयो ।  
विगतमा नेकपा एमालेकै सरकारले कोरेको डिजिटल नेपाल फ्रेम वर्कको वाटोमा वर्तमान सरकार हिडेको गिरीले बताउनुभयो ।