१५ फागुन, पर्वत । १ दशक पनि भएको छैन् । पैँयूबासीका पाएको दुःख अझै भुलेका छैनन् । कुश्मा बजार जानका लागि ३ जिल्लाको यात्रा गर्नुपदथ्यो । झण्डै १ सय ५० किलोमिटर भन्दा बढि लामो दुरीको सडक हिडेपछि मात्रै कुश्मा पुगिथ्यो । कुश्माबाट घर फर्कदा पनि त्यत्ति नै दुरी पार गर्नुपर्दथ्यो । हुवास बजार देखि स्याङजाको वालिङसंग झण्डै २ दशक अघि देखि नै सडक सम्पर्क थियो । त्यहि सडकका कारण पैयू, विहादीका स्थानीय सहज बजार पुग्थे । तर उनीहरुको दुःख सरकारी कामकाजका लागि सदरमुकाम आउन हुन्थ्यो । विहान चढेको गाडीले मध्यान्न भन्दा पनि ढिलो गरी कुश्मा पुराउँन्थ्यो ।
अहिले त्यो सवै बाध्यता हटेको छ । पैयू र विहादीबाट कुश्मा बजार सिधा सडक सञ्जालले जोडिएको छ । कुश्मा बजार अव ढेड घण्टा यात्रामा पुुग्न सकिन्छ । पैयू मात्रै होइन पर्वतमा वितेको १ दशकमा भएको सडक सञ्जालको विकास र विस्तारले डेढ घन्टाको यात्रामा जिल्लाका सवै जसो वडाहरु पुग्न सकिने भएको छ । दक्षिणी क्षेत्रलाई कालीगण्डकी लोकमार्गले नजिकै बनाएको छ ।
हुवास लुंखु सडकले त्यो क्षेत्रको सडक विकास र विस्तार अझै सहज बनाएको छ । १ दशकमा पर्वत जिल्लाको सडक सञ्जालले फेरेको काचूलीले छिमेकी जिल्लाहरुलाई समेत अचम्मित तुल्याएको छ । सडकहरुमा निर्माण भएका मोटरेवल पुलहरुका कारण बर्षायाममा समेत ति सडकहरुमा सवारी साधनहरु चल्न सहज भएको छ । कुश्मा देखि दक्षिणी क्षेत्रलाई सहज बनाउन २ दशक अघि दोविल्लामा निर्माण भएको विशेष प्रविधिको मोटरेवल पुलले त्यो क्षेत्रको सवारी यात्राको शुरुवात गरेको थियो । त्यस लगतै चिर्दिखोलामा मोटरेवल पुल बन्यो ।
उता, सिब्दीखोलामा पनि पुल बन्यो । देविस्थान र कुर्घामा बनेको लमायखोला पुलले यात्रा अझै छोटाएको छ । मर्दि खोला, गेडीखोलामा पुल बनेपछि मध्य बर्षातमा समेत सवारी साधन चल्न सक्ने भएका छन् । लुंखु हुवासको कालोपत्रेको काम सकिने चरणमा पुगेको छ । हुवास हातेमालो चोक देखि त्रिवेणी वहाकी रानीपानी बर्राचौर सडक पुरा भएको छ । यो सडक लोकमार्गमा मिसिँदा विहादी बासीको सदरमुकाम यात्रा मात्रै होइन प्रदेश राजधानी पोखरा पुग्न समेत यात्रा छोडिएको छ ।
समयक्रमसंगै सडक सञ्जालको यो विकास छिमेकी जिल्लाहरुको तुलनामा लोभलाग्दो देखिन्छ । पुल पुलेसा सडकहरु निर्माण हुँदै जाँदा अव गाउँ बस्तीहरुमा रोजगारी, बसाईसराई न्यूनिकरण र उत्पादन बृद्धिको विषय पछिल्लो बहसको विषय बनिरहेको छ ।




