Print

एमाले महाधिवेशन : पर्वतका ३ नेताकाे उमेदवारी

१ पाैष, काठमाडौं ।  पर्वत जिल्लाका ३ जनाले एमाले केन्द्रीय सदस्यमा उमेदवारी दिएका छन्। एमालेकाे जारी ११ अाैं महाधिवेशनमा पर्वत जिल्लाका ३ जनाले केन्द्रीय सदस्य पदमा उमेदवारी दिएका हुन् ।


७१ जनाकाे लागि भएकाे खुल्ला तर्फकाे निर्वाचनमा पदम गिरीकाे उमेदवारी परेकाे छ ।


गिरी विघटीत प्रतिनिधि सभाका सांसद तथा पाटिका निर्वतमान केन्द्रीय सदस्य समेत हुनुहुन्छ  ।


युवा पुस्ता माझ लाेकप्रिय गिरीसंगै गण्डकी भुगाेल तर्फ महिलाबाट कल्पना चापागाईं र दलित खुल्लामा मनाेहर बि पाैडेलकाे उमेदवारी परेकाेछ ।


दुबै निवर्तमान केन्द्रीय सदस्य हुनुहुन्छ । चापागाईं संबिधान सभा सदस्य तथा पाैडेल उत्पीडित  मुक्ति समाजका केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ  । महाधिवेशन अन्तर्गत आज ११ बजेदेखि मतदान हुने कार्यक्रम छ