१६ मंसिर, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता तथा अध्यक्ष प्रतियोगीताका वीचमा संस्कृति प्रवद्र्धनका कार्यक्रमहरु पनि अघि बढिरहेका छन् । गाउँपालिकाले संस्कृति प्रवद्र्धन अन्तर्गत सोमबार रत्यौली प्रतियोगीताको आयोजना गरेको छ । स्थानीय आमा समूहहरुले गाउने रत्यौती भाकाका गीतहरु मार्फत गाउँपालिकाको सुशासन, सम्बृद्धि र सुझाबहरु दिएका थिए ।
गाउँपालिका भित्रका ५ वटा समूहहरु प्रतियोगीतामा सहभागीता रहेको थियो । खेलुकद अन्तर्गतका विभिन्न विधाका खेलहरु सञ्चालन भईरहेको बेलामा मोदी ६ डिमुवामा उक्त सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । प्रतियोगीतामा डिमुवा आमा समूह प्रथम, दिदिवहिनी आमा समूह द्धितिय र तिलाहार आमा समूह तृतिय भएका थिए ।
महिला समूहहरुको सक्रियता, क्रियाशिलतासंगै संस्कृति प्रवद्र्धनका लागि यस्ता प्रतियोगीताहरु गाउँपालिकाले आयोजना गरीरहेको गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो ।
प्रतियोगीतामा सहभागीहरुका लागि गाउँपालिकाले नगद पुरस्कारको समेत ब्यवस्था गरेको थियो । कार्यक्रममा गायक कृष्ण अखेली, शान्त बर्देवा लगाएतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रम अन्तर्गत मंगलबार नृत्य प्रतियोगीता, भजन टुक्का प्रतियोगीता लगाएतका प्रतियोगीताहरुको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो ।
राष्ट्रपति रनिङ शिल्डका अन्तर्गतका विभिन्न विधाका खेलहरु र अध्यक्ष कप अन्र्तगत भलिबल प्रतियोगीता र ब्याडमिन्टन प्रतियोगीताका खेलहरु जारी रहेको पुरीले जानकारी दिनुभयो ।




