Print

मिसन ८४ लक्षित पार्टी स्कूल चलाउँदै पर्वत एमाले, कुश्मा नगरपालिबाट प्रशिक्षण शुरु

३० साउन, पर्वत । नेकपा एमाले कुश्मा नगर कमिटिको आयोजनामा दुई दिने पार्टी स्कुल (प्रशिक्षण) कार्यक्रम संचालन गरिएको छ । बिहीवारदेखि संचालित पार्टी स्कुल कार्यक्रम आज समापन हुने भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले पर्वतका संस्थापक तथा जेष्ठ कम्युनिष्ट मञ्चका सल्लाहाकार तोयानाथ चालिसेले पार्टीलाई मजबुत र जीवन्त राख्नका लागि यस्ता खालका प्रशिक्षण कार्यक्रमको महत्वपुर्ण भूमिका रहने बताउनुभयो ।

पार्टीका निति, विधि, सिद्धान्त र बिचारलाई अगाल्न नसक्ने कार्यकर्ता एमालेको सच्चा सिपाही हुन नसक्ने बताउँदै तल्लो तहसम्मका कार्यकर्ताहरुमा प्रशिक्षणको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लहाकार परिषद सदस्य मेघनाथ सुवेदीले यो मुलुकको विकास र परिवर्तन एमाले बिना सम्भव नरहेको बताउनुभयो । एमाले कमजोर हुँदा मुलुक समेत कमजोर हुने भएकाले एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । नेता सुवेदीले नेकपा एमालेले गरेका सकारात्मक कामहरुलाई तल्लो तहका कार्यकर्ता र समाजमा पुर्‍याउनका लागि कार्यकर्ताहरुलाई बेला बेला प्रशिक्षित गर्नुपर्ने बताउनुभयो । उहाँले यस्ता खालका कार्यक्रम जिल्लाका सातवटै पालिकामा संचालन गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा एमाले प्रदेश कमिटि सचिबालय सदस्य शान्त पौडेलले पनि बोल्नुभएको थियो । दुई दिन सम्म संचालन हुने कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सचिब धनन्जय दवाडी, एमाले जिल्ला अध्यक्ष गोबिन्द पहाडी, प्रदेश कमिटि सदस्यहरुले समेत सहजीकरण गर्नुभएको छ ।

नेकपा एमाले कुश्मा नगरकमिटि अध्यक्ष किशोर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष गणेश पौडेल र संचालन सचिब जीतबहादुुर विश्वकर्माले गर्नुभएको थियो । प्रशिक्षणमा नगर कमिटिका सम्पुर्ण पदाधिकारी सदस्य, नगर स्थित जनप्रतिनिधि र जनबर्गिय संगठनका प्रमुखहरुको सहभागिता थियो ।