Print

गण्डकी प्रदेशमा कार्यालय समायोजन, पर्वतका ३ वटा कार्यालय गाभिए

२७ साउन, पर्वत । गण्डकी प्रदेश सरकारले कार्यालयहरुको समायोजन गर्दा पर्वतका ३ वटा कार्यालयहरु आपसमा गाभिएका छन् । लामो समय देखि धौलागिरी क्षेत्रलाई हेर्ने गरी पर्वतमा रहेको ब्यवसायीक तथा सीप विकास तालिम केन्द्र जिल्लाबाट हटेको छ ।

उक्त कार्यालयलाई गण्डकी प्राविधिक शिक्षा तथा ब्यवसायीक तालिम प्रतिष्ठान पोखरामा गाभिएको छ । पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला कार्यक्षेत्र भएको पर्वत स्थित उक्त कार्यालयले विगत लामो समय देखि सीप विकाससंग सम्बन्धित विभिन्न तालिमहरु प्रदान गर्दै आइरहेको थियो ।

गण्डकी प्रदेश सरकारको निर्णय बमोजीम पर्वतका अन्य दुई कार्यालयहरु समेत मर्ज भएका छन् । पर्यटन तथा उद्योग कार्यालय मर्ज भएर बागलुङसंग मर्ज भएको छ । उक्त कार्यालय भने पर्वतमा नै रहनेछ ।

यसैगरी सामाजिक विकास कार्यालय भने पर्वतबाट हटेको छ । उक्त कार्यालय बागलुङ जिल्लामा रहेको सामाजिक विकास कार्यालयसंग मर्ज भएको छ ।