Print

स्वास्थ्य कार्यालय पर्वतको बार्षिक समिक्षा, उत्कृष्ट पालिकालाई सम्मान


२६ भदौ, पर्वत । स्वास्थ्य कार्यालय पर्वतको बार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ । सदरमुकाम कुश्मा बजारमा २ दिनसम्म सञ्चालन भएको समिक्षा गोष्ठिको उद्घाटन प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले गरेका थिए । पाठकले उद्घाटन गर्दै स्वास्थ्य क्षेत्रलाई सुधारको आवश्यकता औल्याए ।

समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतले गत आर्थिक बर्षमा सञ्चालन गरेका कार्यक्रमहरुको प्रस्तुती राखिएको थियो । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविन शर्माले बर्ष भरीमा सञ्चालन गरेका कार्यक्रमको प्रस्तुती राखेका हुन् । यसैगरी समिक्षा कार्यक्रममा पर्वत अस्पतालका प्रमुख डा. हेमन्त बास्तोलाले समेत अस्पतालले बर्ष भरीमा सञ्चालन गरेका गतिविधि र उपलब्धिहरुको प्रस्तुती राखेका थिए ।

कार्यक्रममा आ व ८०/८१ मा सम्पादित कार्यक्रमहरुको जिल्ला स्तरीय प्रगती प्रस्तुतिकरण, राष्ट्रिय स्वास्थ्य कार्यक्रमहरु खोप तथा बालस्वाथ्य, पोषण, सुरक्षित मातृत्व, रोग नियन्त्रण तथा ब्यवस्थापन जस्ता विषयमा सामुहिक छलफल समेत गरीएको थियो । कार्यक्रममा पोस्टर प्रस्तुतिकरण, स्वास्थ्य क्षेत्रका विकास साझेदार संघसंस्थाहरुका प्रगति प्रस्तुतिकारण पनि गरिएको थियो ।

आ.व. २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रम र विभिन्न सूचकहरुका आधारमा प्रथम बिहादी गाउँपालिका, द्धितीय पैयूँ गाउँपालिका तृतीय मोदि गाउँपालिकालाई पुरस्कृत गरिएको थियो ।

उत्कृष्ट स्वाथ्य संस्थामा प्रथम पैंयूको त्रिवेणी स्वास्थ्य चौकी, द्धितीय बिहादीको रानीपानी स्वास्थ्य चौकी, तृतीय बिहादी गाउँपालिका बर्राचौर स्वास्थ्य चौकीलाई सम्मान गरिएको थियो ।

पोस्टर प्रस्तुतिमा प्रथम मोदी गाउँपालिका, द्धितीय पैयूँ गाउँपालिका, तृतीय जलजला गाउँपालिका भएको थियो ।