२२ असार, पर्वत । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्वतको ल्याब तथा तालिम हल र क्वाटर पहिरोका कारण जोखिममा परेको छ ।
कुश्मा नगरपालिकाको वडागाउँ स्थित रहेको जग्गामा शघन शहरी तथा भवन निर्माण आयोजना, बागलुङले गर्दै आएको बहुउद्देश्यीय भवन निर्माण कार्यले भेटेरिनरी अस्पतालको उक्त तालिमहल तथा क्वाटर जोखिममा परेको हो ।
बहुउद्देश्यीय भवन निर्माण गर्दा निर्माण ब्यबसायीले पुर्व सावधानी अपनाउन नसक्दा जोखिम बढ्न गएको हो । पर्वत अस्पताल तर्फको बाटो हुँदै भेटेरिनरी अस्पतालको तालिम हल र क्वाटर पछाडीबाट गएको ढल व्यवस्थापन नाली सहित सम्पुर्ण कार्यालयको पर्खाल पुर्णरूपमा क्षति भई भवन जोखिममा परेको हो ।
जोखिमबाट सावधानीको लागि बहुउद्देश्यीय भवन निर्माण गरेको शघन शहरी तथा भवन निर्माण आयोजना बागलुङलाई पत्रचार गरि सकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्वतका प्रमुख पुष्षराज बाँस्तोलाले जानकारी दिए ।




