Print

लिसेस्टरमाथि साउथहृयाम्पटनको शानदार जित

९ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथहृयाम्पटनले साविकको विजेता लिसेस्टरमाथि शानदार जित हात पारेको छ । आइतबार भएको खेलमा साउथ हृयाम्पटनले लिसेस्टरमाथि ३-० को प्रष्ट जित हात पारेको हो ।

घरेलु मैदानमा भएको खेलमा साउथ हृयाम्पटनले २६ औं मिनेटमा जेम्स वर्ड प्रोवसलको गोलबाट अग्रता लिएको थियो । ३९ औं मिनेटमा रोडि्रग्वेजले गोेल गरेपछि घरेलु टोली पहिलो हाफमा २-० ले अगाडि रहृयो ।
खेलको ८६ औं मिनेटमा साउथहृयाम्पटनले पेनाल्टी पायो, जसमा टाडिकले सहजै गोल गरे ।

जितपछि साउथहृयाम्पटन २२ खेलबाट २७ अंकका साथ ११ औं स्थानमा छ भने लिसेस्टर २१ अंकका साथ १५ औं स्थानमा छ ।

२०७३ माघ ९ गते २०:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस