Print

कांग्रेस क्षेत्रीय सम्मेलनमा राजनीति प्रतिवेदन : पाटी छोडन्नेको संख्या बढेकोमा चिन्ता


२ पुष, पर्वत । नेपाली कांग्रेस पर्वतको प्रदेश सभा क अन्तर्गतको क्षेतीय सम्मेलन आइतबार सम्पन्न भएको छ । सम्मेलनले क्षेत्रीय सभापति राजकुमार क्षेत्रीद्धारा प्रस्तुत राजनैतिक प्रतिवेदन सर्वसहमत पारित समेत गरेको छ । ६ सय ४२ जना क्षेत्रीय प्रतिनिधिहरु सहभागी भएको सम्मेलनमा राजनैतिक प्रतिवेदन प्रस्तुत गर्दै सभापति क्षेत्रीले पछिल्लो समय पर्वतमा कांग्रेस पाटी छोड्ने कार्यकर्ताको संख्या बढेको उल्लेख गरेका छन् ।

सभापति क्षेत्रीले प्रस्तुत गरेको प्रतिवेदनमा पाटी छोड्ने संख्या पछिल्ला दिनमा धेरै भएको भन्दै त्यसले पाटीलाई क्षति पुगेको उल्लेख छ । उनले जिम्मेवार पदमा बसेका नेताहरुले नै पाटी छोडेर अरु पाटीमा लागेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । पाटीमा समस्याहरु भए त्यसको समाधान यहि पाटीमा बसेर गर्नुपर्ने भन्दै क्षेत्रीले आफ्नो राजनैतिक प्रतिवेदनमा पाटी छोडेर जाने कुरा राम्रो नभएको समेत उल्लेख गरेका छन् । उनले पाटी छोड्ने सवै नेता कार्यकर्तालाई पाटी फर्कन समेत आग्रह गरेका छन् ।
पाटी प्रतिको वितृष्णाका कारण देखाउँदै कांग्रेसको विभिन्न पदमा बसेका नेता कार्यकर्ताहरुले केहि समय अघि देखि पाटी परित्यागको घोषणा गर्दै आइरहेका थिए । आइतबार सम्पन्न सम्मेलनमा सभापति क्षेत्रीले प्रस्तुत गरेको प्रतिवेदनमा सांगठनिक विषयहरु मजबुद ढङगले उजागर गरिएको छ । क्षेत्रीले महामन्त्री गगन थापाको उपस्थिीतमा सम्पन्न सम्मेलनको उद्घाटन शत्रमा आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन उपर टिप्पणी गर्दै कांग्रेसका पूर्व जिल्ला सभापति नवराज गुरुङले पाटीलाई पारिवारिक बनाउँदा कार्यकर्तामा विचलन आएको बताए । उनले सवैलाई समेटेर नेतृत्व अघि बढ्न नसक्दा पाटी जिल्लामा कमजोर बन्दै गएको समेत उल्लेख गरे । उनले केहि ब्यक्तिले पटक पटक अवसर पाउने तर कतिपय नेताले अवसर नपाउने गर्दा पाटी भित्र समस्याहरु सृजना भईरहेको बताए ।

कार्यक्रममा जिल्ला सभापति युवराज जोशीले राजनैतिक प्रतिवेदन उपर टिप्पणी गर्दै कांग्रेसलाई बलियो बनाउने जिम्मेवारी सबैको भएको बताए । उनले पाटीलाई कमजोर बनाउनका लागि कोहि कसैले पनि प्रयास नगर्न आग्रह गरे ।

केन्द्रिय सदस्य समेत रहेका कांग्रेसका पूर्व सांसद अर्जुन जोशीले भने कार्यकर्ताहरु माथि खरो टिप्पणी नै गरे । उनले सिरक भित्र बसेर कसैले पनि नेतृत्वलाई सामाजिक सञ्जालमा गाली नगर्न आग्रह गरे ।

पर्वत कांग्रेसले प्रथम पटक आयोजना गरेको क्षेत्रीय सम्मेलनमा आरोप प्रत्यारोपमा धेरै समय ब्यतित भयो । विधानमा प्रत्येक कमिटिहरुको सम्मेलनलाई अनिवार्य गरिएको छ । सम्मेलनमा राजनैतिक प्रतिवदेन प्रस्तुत गर्दै पाटिको आन्तरीक सुढिकरणको कार्य योजना बनाउन सकिने ब्यवस्था छ । आइतबार सम्पन्न सम्मेलन कांग्रेसले सदरमुकाम कुश्मा बजारमा आयोजना गरेको थियो ।