४ भदौ, पर्वत । जिल्लामा चेक अनादार (चेक बाउन्स) का ९३ मुद्धा दर्ता भएका छन् । गत आर्थिक बर्ष २०७९/८० मा चेक बाउन्सका कुल ९३ वटा मुद्दा दर्ता भएको जिल्ला अदालतले जनाएको छ ।
पछिल्लो समय आर्थिक मन्दीसंगै ऋण तथा सापटी लग्नेहरुले रकम फिर्ता नगर्ने क्रम बढेसंगै चेक बाउन्सका ९३ वटा मुद्दा दर्ता भएका हुन् । गत बर्ष कुल ४ सय ५३ वटा दर्ता भएका मुद्दा मध्ये ९३ वटा चेक बाउन्सका मुद्दा छन् ।
खातामा रकम नभएको तर चेक जारी भएको अवस्थामा चेक बाउन्सको मुद्दा लाग्ने गर्दछ । गत बर्ष देखि चेक बाउन्सको मुद्दाको संख्या बढेको अदालतले जनाएको छ । दर्ता भएका मुद्दा मध्ये ७५ वटा मुद्दाको भने फैसला भईसकेको छ ।
बाँकी १८ वटा मुद्दाको फैसला नभएका कारण चालु बर्षका लागि पेशी चढेको छ ।




