Print

पर्वतमा १ सय ६० सम्बन्ध विच्छेदका मुद्धा, पुरुषले सम्बन्ध विच्छेद माग्नेको संख्या बढ्दै


३ भदौ, पर्वत । गत आर्थिक बर्षमा पर्वत जिल्लामा १ सय ६० सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् । यो संख्या गत बर्षको तुलनामा १३ प्रतिशतले कमी हो । पर्वत जिल्लामा आर्थिक वर्ष ०७९/८० मा मात्रै १६० बिवाहित जोडीले सम्वन्ध विच्छेदका लागि मुद्धा दर्ता गराएका छन् । १ सय ३७ वटा मुद्धा फछ्र्यौैट भैसेकेका छन् भने २३ वटा बाँकी रहेका छन् ।

अघिल्लो आर्थिक वर्षमा १८२ जनाले जनाले सम्वन्ध बिच्छेदका लागि मुद्धा दर्ता गराएका थिए । ति मध्ये १५० वटा मुद्धा फछ्र्यौट भएका थिए ।

गत वर्ष सम्वन्ध विच्छेदका लागि मुद्धा दर्ता गर्ने पुरुषको संख्या समेत उल्लेख्य मात्रामा बृद्धि भएको छ । २५ जना पुरुषले सम्वन्ध विच्छेदका लागि मुद्धा दर्ता गराएका हुन् । ती मध्ये १४ वटाको फैसला भैसकेको छ भने ११ वटा फैसला हुन बाँकी छन् ।

महिलाहरुले दर्ता गरेका १३५ वटा मध्ये १ सय २३ वटा फछ्र्यौट भएको जिल्ला अदालतले जनाएको छ ।