Print

समानुपातिक सांसद पर्वतबाट को-को बन्दैछन् ?

१९ मंसिर, पर्वत । प्रत्यक्ष तर्फको मतगणना अन्तिम चरणमा रहेको बेलामा समानुपातिक तर्फको मतगणना पनि सकिनै लागेको छ । प्रत्यक्ष तर्फ पर्वतबाट नेकपा एमालेले सवै सिट जितेको छ भने समानुपातिकको मतपरिणामा पनि एमाले पहिलो पाटी नै भएको छ । प्रत्यक्ष निर्वाचन प्रणाली सकिएपछि अव समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत छनौट हुने सांसदहरुको चर्चा शुरु भएको छ ।

प्रतिनिधि सभा तर्फ दुई ठूला दल एमाले र कांग्रेसको तर्फबाट पर्वत जिल्लाबाट कोहि पनि बन्द सुचिमा अटेनन् । माओवादी केन्द्रको तर्फबाट भने मनरुपा सुवेदीको नाम बन्द सुचिमा रहेको छ ।

बन्द सुचिमा रहेकी सुवेदी समानुपातिक सुचिको पछिल्लो बरियाताक्रममा रहेका कारण उनको सम्भावना न्यून देखिन्छ ।
एता, गण्डकी प्रदेशमा भने कांग्रेसको तर्फबाट बन्द सुचिमा रहेकी रेखा गुरुङ समानुपतिक सांसद हुने लगभग निधो भएको छ । कांग्रेसको तर्फबाट गण्डकी प्रदेशमा प्रत्यक्ष निर्वाचित महिलाको संख्या शुन्य हुँदा कुल ९ सिट मध्ये कांग्रेसले सवै महिलालाई सांसद बनाउनुपर्ने भएको छ । यसो हुँदा पर्वतबाट जनजाति महिला समूहमा रहेकी गुरुङ सांसद हुने भएकी छिन् ।

उता, एमालेबाट बन्द सुचिमा रहेका २ जना महिलाको सम्भावना न्यून देखिएको छ । एमालेल प्रत्यक्षमा २ वटा महिलाले निर्वाचन जितेका कारण एमालेको तर्फबाट पुरुष सदस्य कम्तिमा ३ जना सहित १२ जना समानुपातिक सुचिबाट सांसद बन्ने छन् । यसो हुँदा महिला तर्फ कमला पन्त र केशाकुमारी परियार सांसद हुनसक्ने सम्भावना नभएको हो ।

माओवादीबाट पनि गण्डकी प्रदेशमा समानुपातिक सांसद पर्वत जिल्लाले नपाउने निश्चित देखिएको छ ।