७ मंसीर, पर्वत । जारी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पर्वत जिल्लामा जारी मतगणना अनुसार अहिले प्रतिनिधि सभा र प्रदेश सभाका ३ वटै पदमा नेकपा एमालेका उमेदवारहरुले अग्रता लिएका छन् ।
प्रदेश सभा २ तर्फ एमालेका मित्रलाल बस्याल जीतको नजिक पुगेका छन् । फराकिलो मतान्तरले नेपाली कांग्रेसका प्रतिद्धन्द्धी ऋषीकेश तिवारीलाई पछाडी पार्दै एमाले उमेदवार बस्याल जीतको नजिक पुगेका ह्ुन् ।
४ पालिकाहरु मध्ये ३ पालिकाको मतगणना सम्पन्न भएको छ । पैयू, विहादी, महाशिला पालिकाको मतगणना सम्पन्न भई फलेवास नगरपालिकाका केहि वडाहरुको मात्र मतगणना बाँकी रहँदै गर्दा बस्यालले १८९४ मतान्तर बनाएका छन् ।
२ वटा मात्र वडाहरुको मतपेटिका गणना गर्न बाँकी रहेका कारण बस्याल जीतको नजिक पुगेका हुन् । उनी नेकपा एमाले प्रदेश कमिटि सचिवालय सदस्य हुन् । एमालेको पैयू क्षेत्रका लोकप्रिय नेताको रुपमा परिचित बस्याल एमालेको आन्तरीक पाटी जीवनमा लामो समय कम्युनिष्ट राजनीतिमा सक्रिय छन् ।
तत्कालीन अवस्थामा पञ्चायतकालीन अवस्था र प्रजातन्त्रको पुर्नउदय पछि पनि जनप्रतिनिधि बनेका बस्यालले गाउँ विकास समितिको अध्यक्ष पदमा यस अघि पनि विजयी हासिल गरेका थिए ।




