Print

जलजला र पैयूमा गठबन्धनको अनपेक्षित परिणाम

६ मंसीर, पर्वत । प्रतिनिधि सभाको जारी मतपरिणामको विश्लेषण गर्न शुरु भएको छ । पछिल्लो मतपरिणाम अनुसार ५६८ मतले नेपाली कांग्रेसका अर्जुन जोशीले अग्रता लिइरहे पनि गठबन्धनको प्रभावित क्षेत्रमा नै जोशीले कम ल्याएका छन् ।

जिल्लाको जलजला गाउँपालिका र पैयू गाउँपालिकामा गठबन्धनको बर्चश्व भएको क्षेत्र हो । यी क्षेत्रहरुमा मतगणना हुुँदा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा भारी अग्रता हुनुपर्नेमा मतपरिणाम भने अपेक्षित भएको छ ।

जलजला गाउँपालिकामा कम्तिमा १५ सय मतान्तर र पैयू गाउँपालिकामा ५ सय बढि मतान्तरको अपेक्षा गरेका गठबन्धनका नेताहरु गरे पनि मतान्तर भने न्यून देखिएको छ ।

यसैगरी प्रदेश सभाका उमेदवार सुदीप कुँवरको समेत जलजला गाउँपालिकाबाट कम मत आएको छ । कुँवर माओवादीको तर्फबाट गठबन्धनको समर्थनमा प्रदेश सभाका उमेदवार छन् । माओवादीको समेत आधार क्षेत्र मानिएको जलजलाबाट कुँवरलाई समेत कम मत आएको हो ।

जलजला र पैयू गाउँपालिकाको मत गणना गर्दा गठबन्धनका उमेदवारले ६१० मत मात्र ल्याएका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उमेदवार कांग्रेसका अर्जुन जोशीले एमालेका उमेदवारलाई ६१० मतान्तरले पछाडी पारेका हुन् ।

प्राप्त मतपरिणाम अनुसार यी क्षेत्रमा गठबन्धनका उमेदवार कम मत पाएका छन भने एमाले उमेदवारलाई अपेक्षित मत पाएका छन् । यसैगरी महाशिला गाउँपालिकामा पनि प्रदेश सभा ततर्फ गठबन्धनका उमेदवारले कम मत पाएका छन् । एमाले उमेदवार ९६६ मतान्तर लिएपछि मित्रलाल बस्यालले गठबन्धनका उमेदवार ऋषीकेश तिवारीले भारी मतले पछाडि पारेका छन् । बस्यालले पैयू, महाशिला र विहादीको गणना सक्दा १८९१ मतान्तरले अग्रता लिएका छन् ।

 

पर्वत जिल्ला प्रतिनिधि सभा तर्फको पछिल्लो मत परिणामको विस्तृत विवरण