५ मंसीर, पर्वत । जिल्लाको मतगणनामा ढिलाई भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो १ बजेदेखि मतगणना हुने जानकारी दिएपछि अहिलेसम्म पनि मतगणना हुन सकेको छैन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने भनिएको मतगणना दिउँसो २ बजेसम्म पनि हुन सकिरहेको छैन् ।
मतगणनाका लागि उमेदवारका प्रतिनिधिहरु समयमा नआएको र आवश्यक कागजातहरु तयार नभएका कारण मतगणना कार्यमा ढिलाई भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता राजु ढुंगानाले जानकारी दिए ।
अहिले मतगणनाको तयारी भईरहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालत परिसरमा हुने मतगणना ५ स्थानमा गणना हुनेछ । प्रतिनिधि सभाको १ र प्रदेश तर्फ २ क्षेत्र रहेका छन् । प्रवक्ता ढुंगानाका अनुसार प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना एकै साथ हुनेछ ।




