Print

आज मतदानको दिन, कुन उमेदवारले कहाँबाट गर्दैछन् मतदान ?

४ मंसीर, पर्वत । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतदान गर्ने दिन आज । आगामी ५ बर्षको लागि जनप्रतिनिधि निर्वाचित गर्ने आज देश भरका एकै पटक निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचनका लागि लागि मतदान केन्द्रहरुमा मतदानको प्रक्रिया शुरु भईसकेको छ ।

यसैवीच पर्वत जिल्लाबाट प्रतिनिधि सभामा एमालेका उमेदवार तथा पूर्व सांसद पदम गिरीले कुश्मा नगरपालिका वडा न ३ दुर्लुङ स्थित काफलचौर मावि मतदान केन्द्रबाट मतदान गर्दैछन् भने प्रतिनिधि सभाका अर्का उमेदवार पूर्व सांसद अर्जुन जोशीले कुश्मा नगरपालिका वडा न ४ मा रहेको नारायण मावि मतदान केन्द्रबाट मतदात गर्दैछन् ।
प्रदेश सभा १ तर्फ एमालेका उमेदवार भक्त कुँवरले मोदी ५ बाजुङ स्थित महेन्दशिखरी माविबाट मतदान गर्दैछन् । माओवादी केन्द्रका उमेदवार सुदीप कुँवरले भने कुश्मा १२ ठुलिपोखरी स्थित जनतासुर्दोशन माविबाट मतदान गर्दैछन् ।

प्रदेश सभा २ तर्फ एमालेका उमेदवार मित्रलाल बस्यालले पैयू ५ हुवासबाट मतदान गर्दैछन् भने प्रदेश सभा २ बाट कांग्रेसका उमेदवार पूर्व सांसद ऋषीकेश तिवारीले फलेवास नगरपालिका वडा न ४ मुडिकुवा स्थित माटेदेवल मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

पर्वत जिल्लामा एमाले र गठबन्धनका वीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ ।