७ माघ, भक्तपुर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता एवम् पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले आफ्नो कार्यकालमा सुरु गरिएको पेट्रोलियम खानी उत्खनन् प्रक्रिया बिदेशीको दबावमा स्थगित गरिएको गुनासो गरेका छन् ।
उनले सात प्रदेशमा औद्योगिक क्षेत्र बिस्तारको कामसमेत वर्तमान सरकारले अघि नबढाएको गुनासो गरे । पाण्डेले नेपाल र नेपालीको उन्नतिको आधार औद्योगीकरण नै रहेको बताउँदै त्यसलाई सरकार आफैंले रोक्न खोज्नु दुःखद भएको बताए ।भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पाण्डेले केपी ओली नेतृत्वको सरकारले दैलेख लगायतका जिल्लामा पेट्रोलियम खानीको सम्भावना अध्ययन परनिर्भरता अन्त्यका लागि गरिएको उल्लेख गर्दै त्यसलाई अघि बढाउन सरकारसँग माग पनि गरे ।
२०७३ माघ ७ गते १३:५२ मा प्रकाशित





प्रतिकृया दिनुहोस्