Print

आज निर्वाचन प्रचार प्रसारको अन्तिम दिन, यस्तो छ पर्वतमा निर्वाचनको पूर्वआकलन

१ मंसीर, पर्वत । आज मध्य रात देखि निर्वाचन प्रचार प्रसार गर्न नपाइने कानूनी ब्यवस्था रहेको छ । निर्वाचन प्रचार प्रसारका लागि आज अन्तिम भएकाले आज नै उमेदवारहरुले औपचारिक रुपमा कार्यक्रमहरुको आयोजना गरी प्रचार प्रसार अभियान सञ्चालन गर्नेछन् । मध्य रात १२ बजेट देखि स्थिर अवधि शुरु हुने र उक्त अवधिमा कुनै पनि दलको पक्ष वा विपक्षमा कसैले पनि प्रचार प्रसार गर्न नपाइने कानूनी ब्यवस्था रहेको छ ।

पर्वत जिल्लामा प्रतिनिधि सभा तर्फ एमालेबाट पदम गिरी, कांग्रेसबाट अर्जुन जोशी, राप्रपाबाट दिपकबहादुर मल्ल, नेपाली कांग्रेस विपीबाट देवाखर भट्टराई र स्वतन्त्र पाटीबाट जालबहादुर पुन निर्वाचनमा उमेदवार बनेका छन् । यसैगरी प्रतिनिधि सभामै राष्ट्रिय प्रजातन्त्र पाटी नेपालका ठाकुर प्रसाद भुषाल, मंगोल अर्जनाइजेनका चन्द्रबहादुर पुन पाइजा, नेपाल शुसासन पाटीबाट भगवती पौडेल उमेदार छन् । यसैगरी स्वतन्त्रबाट भने अरुण पौडेल, सितादेवी शर्मा र सावित्री शर्माको उमेदवार परेको छ ।

मुख्य प्रतिस्पर्धा भने गिरी र जोशी वीच नै हुनेछ । जोशी गठबन्धनको समर्थनमा उमेदवार बनेका छन् ।

एता, गण्डकी प्रदेश १ नम्बर तर्फ एमालेका भक्त कुँवर, माओवादीका सुदीप कुँवर, विपी कांग्रेसका कमल पौडेल र राप्रपाका अशोक गुरुङ उमेदवार छन् । हाम्रो पाटीबाट रमेश पौडेल, मंगोल अर्जनाइजेनबाट शेरबहादुर पुनः पाइजा, राष्ट्रिय प्रजातन्त्र पाटीबाट प्रेमकुमार गुरुङ, जनमुक्ति पाटीबाट शौभाग्य थापा पुन, सुशासन पाटीबाट थमबहादुर क्षेत्री र स्वतन्त्रबाट मायादेवी पौडेलको उमेदवारी परेको छ ।

यहाँ मुख्य प्रतिस्पर्धा भने एमालेका कुँवर र माओवादीका कुँवर वीच नै हुने देखिन्छ ।

यसैगरी प्रदेश क्षेत्र न २ मय भने एमालेका मित्रलाल बस्याल, कांग्रेसका ऋषीकेश तिवारी, हाम्रो पाटीका नारायण खत्री, राष्ट्रिय प्रजातन्त्र पाटीका बालकृष्ण पौडेल, राप्रपाका रघुनाथ उपाध्याय र स्वतन्त्रबाट बसन्त कुमार श्रेष्ठ र चन्द्रकुमयरी मल्ल क्षेत्रीको उमेदवारी परेको छ ।

यस्तो छ निर्वाचनको पूर्वानुमान

आगामी मंसीर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा तर्फ दोस्रो पटक निर्वाचन लडेका पदम गिरी र पाँचौ पटक चुनावी मैदानमा आएका अर्जुन जोशी वीच मुख्य प्रतिस्पर्धा छ । यस अघि २०७४ सालको निर्वाचनमा गिरीले जोशीलाई १२ हजार ८ सय मतले पराजीत गरेका थिए । तत्कालीन अवस्थामा गिरीलाई माओवादी केन्द्रको समर्थन थियो । यस पटक माओवादीको समर्थन जोशीसंग छ । यो अवस्थामा गिरी र जोशी वीच प्रतिस्पर्धाको अवस्था देखिन्छ ।

एमालेका गिरी लोकप्रिय युवा नेता भएकाले उनको पक्षमा युवा पुस्ताको क्रेज र माहोल भने कायम छ । पहिलो कार्यकालको सांसदको भूमिकामा जिल्लामा विकास निर्माणका उल्लेखनीय कामहरुको शुरुवात गरेका गिरी पाटीको आन्तरीक धुव्रीकरणमा अन्तरघातको सिकार नभएको खण्डमा उनले फराकिलो मतान्तरले निर्वाचन जिन्न सक्नेछन् । गिरी पृथ्वीनारायण क्याम्पस देखि नै सवै पाटीका युवाहरुसंग हार्दिकता र सामाप्यिताको सम्बन्ध कायम गर्दै आएका कारण पनि उनीसंग सवै पाटीको नेताहरुको आकर्षण देखिन्छ ।

उता, जोशी पाँचौ पटक निर्वाचन लडेका र कांग्रेस पाटीका निरन्तर शक्ति केन्द्रका नेता हुन् । चौथो पटक हार बेहोरेका उनले यस अघिका ३ वटा निर्वाचन जितेका छन् । माओवादी केन्द्रको समर्थन रहेका कारण उक्त पाटीका सवै कार्यकर्ताले इमानदारीकता साथ मत दिएमा उनी बलियो उमेदवार बन्नेछन् । उनीसंग एमालेबाट टुक्रीएर गएको समाजवादी पाटीको समेत समर्थन छ ।

कम्युनिष्ट पाटीहरुको भोटबाट निर्वाचन जित्ने दाउँ रहेका जोशी भने आफ्नै पाटी भित्र लोकप्रिय छैनन् । उनी २०४८ साल देखि १६ बर्षसम्म कांग्रेसको जिल्ला सभापति भए भने विगत १८ बर्ष देखि सांसदीय भूमिका छन् । उनले आफ्ना समकक्षीलाई पछाडी पारेको मात्र आरोप छैन् कांग्रेसको जिल्ला अधिवेशनमा आफ्नो सहोधर भाइ युवराज जोशीलाई जिल्ला सभापति बनाए भने स्थानीय तहको निर्वाचनमा आफू निकटहरुमा मात्र उमेदवार बनाएका थिए । परिवारबाट माथि उठेर राजनीति गर्न नसकेको आरोप खेपेका जोशीलाई एमालेका गिरी भारी पर्नेछन् ।

गिरी माथि आफ्नै पाटीका नेताहरुले विश्वासघात गर्ने चर्चा चलिरहे पनि उनले भने जिल्ला अधिवेशनबाट आफू अध्यक्ष पदबाट विदाई हुँदा सर्वसहमत सवै पक्ष समेटेर जिल्ला कमिटि हस्तान्तरण गरे, स्थानीय तहको निर्वाचनमा सन्तुलित टिकट वितरण गरेका गिरी अहिले एमालेका केन्द्रिय सदस्य समेत हुन् । सांसद बनेपछि कतिपय वडाहरुमा पुगेर त्यहाँका स्थानीयसंग भेटघाट कम भयो भन्ने आरोप र गुनासो खेपेका गिरीले भने कोरोना संक्रमणको कारण सवै काम गर्न नसकिएको बताउँदै आएका छन् ।

यस अघिको स्थानीय तहको निर्वाचनमा माओवादी कार्यकर्ताहरुले कांग्रेस उमेदवार गठबन्धनमा इमानदारीता देखाएर मतदान गरे पनि कांग्रेस कार्यकर्ताहरुमा भने त्यो इमानदारीता देखिएको थिएन् । यहि वास्तविकता देखेका जोशी माओवादीका कार्यकर्ताहरु प्रति ससंकित छन् ।

उता, गिरीले भने आफू तत्कालीन एकिकृत भएको कम्युनिष्ट पाटीको समेत अध्यक्ष भईसेकेको र पाटी अध्यक्ष हुँदा माओवादी कार्यकर्तासंग समेत समदुरीको हार्दिकतापूर्वकको ब्यवहार रहेका कारण माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूलाई मतदान गर्ने विश्वास ब्यक्त गर्छन् ।

यद्यपि जोशीले कांग्रेस भित्रको आन्तरीक समस्याहरु समाधान गरी माओवादी र समाजवादीका सवै भोट आफ्नो पक्षमा पारेको खण्डमा गिरीलाई निर्वाचन उकालो पर्नेछ । पछिल्लो आकलनमा गिरी जोशी भन्दा बलियो उमेदवारको रुपमा देखिएका छन् ।

प्रदेश क्षेत्र न १ मा कांग्रेस पृष्टभूमिका विपी कांग्रेसका उमेदवार कमल पौडेल र राप्रपाका उमेदवार अशोक गुरुङका कारण माओवादीका सुदीप कुँवर रिक्स जोनमा छन् । एमालेका भक्त कुँवर पुराना कम्युनिष्ट नेता भएको र उनीसंग कांग्रेस कार्यकर्ताहरुको सेन्टिमेण्ट समेत छ । माओवादी नेतालाई कांग्रेस कार्यकर्ताहरुले यस अघिको स्थानीय तहको निर्वाचनमा समेत सन्तुष्ट मतदान नगरेका कारण माओवादीका कुँवर एमालेका कुँवरको तुलनामा रिक्स जोनमा देखिएका हुन् ।

प्रदेश क्षेत्र २ मा भने एमाले र कांग्रेस वीच प्रतिस्पर्धा छ । कांग्रेसका ऋषीकेश तिवारी पूर्व सांसद हुने भने कांग्रेसको राजनीतिमा केन्द्रिय पहूँच स्थापीत गरीसकेका नेता हुन तर पनि प्रदेश न २ को विकास निर्माणमा उदासिनता देखाएको उनीप्रति आरोप छ । एमालेका मित्रलाल बस्याल पूर्व गाविस अध्यक्ष हुन् । भेगिए हिसाबले पैयू, महाशिला र बिहादी गाउँपालिकाको प्रतिनिधित्व बस्यालले गर्छन भने तिवारीले फलेवास क्षेत्रको । दुवै उमेदवार वीच तिव्र प्रतिस्पर्धा हुने देखिए पनि सुदुर दक्षिण भेगले उमेदवारी प्राप्त गरेका कारण बस्याल तिवारी भन्दा बलिया देखिएका छन् ।