३० कार्तिक, पर्वत । बेनीवाट जलजला गाउँपालिकाको माझफाँट जाँदै गरेकाे जिप बुधबार साँझ दुर्घटनाग्रस्त भएको छ । ग १ ज ५२९६ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि ११ जना घाईते भएका छन् । दुर्घटनामा परि ३७ बर्षको डम्मर बहादुर दमैको मृत्यु भएको र घाइतेहरु मध्ये ३ जनालाइ पोखरा रिभर गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनाको कारण नखुले पनि सडक भिरालो भएका कारण दुघर्टना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनामा घाइते भएका अन्यको बेनि अस्पतालमा उपचार भइरहेको छ।
Print
अपडेट : माझफाँट जिप दुर्घटना, १ जनाको मृत्यु, ११ जना घाइते



