Print

संसदीय राजनीतिका नयाँ अनुहार

२१ कार्तिक, पर्वत । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रतिनिधि सभामा २ र प्रदेशका सभाका १ जना उमेदवार भने पुराना हुन् । ३ पटक सांसद बनेका अर्जुन जोशी र १ पटक संसदीय भूमिका निर्वाह गरेका पदम गिरी तथा ऋषीकेश तिवारीले संसदीय भूमिकाको अनुभव सम्हालीसकेका छन् ।

जोशी प्रतिनिधि सभामा ३ पटक पर्वतबाट निर्वाचित भएका हुन् । गिरी पर्वत जिल्लाबाट गत २०७४ सालको निर्वाचनमा निर्वाचित भएका हुन् । तिवारी भने २०६४ सालको पुर्नस्थापीत संसदमा पाटीबाट मनोनित भएर सांसदको भूमिका निर्वाह गर्ने अवसर पाएका हुन् ।

जोशी र गिरी पुनः प्रतिनिधि सभामा भिड्दै छन् भने तिवारी प्रदेश सभामा भिड्दैछन् । तिवारी कांग्रेसको तर्फबाट निर्वाचन लड्दैछन् । उनीसंग एमालेका मित्रलाल बस्याल चुनावी मैदानमा छन् ।
बस्याल संसदीय राजनीतिमा नयाँ अनुहार हुन् । यस अघि भने बस्याल गाउँ विकास समितिको अध्यक्षको भूमिका भने निर्वाह गरीसकेका छन् ।

उता, प्रदेश सभा १ मा भक्त कुँवर एमालेबाट र माओवादीबाट सुदीप कुँवर पनि चुनावी मैदानमा छन् । दुवै कुँवर संसदीय राजनीतिका नयाँ अनुहार हुन् । एमालेका कुँवर कम्युनिष्ट पाटीमा ३ दशक देखि आवद्ध छन् ।

माओवादीका कुँवर जनयुद्धको मैदानबाट विद्याथी राजनीति हुँदै पाटीको राजनीतिमा सक्रिय बनेका हुन । दुवै कुँवर केहि बर्ष अघि भने एउटै पाटीमा थिए । नेपाल कम्युनिष्ट पाटीको जिल्ला सचिव सुदीप हुँदा भक्त भने सोहि पाटीको कार्यालय सदस्य थिए । दुवै अनुहार संसदीय राजनीतिमा प्रवेश गर्ने तयारीमा उठेका छन् ।

निर्वाचनमा अर्को शक्तिको रुपमा प्रदेश सभामा राप्रपाबाट अशोक गुरुङ र विपी कांग्रेसबाट कमल पौडेल समेत चुनावी मैदानमा छन् । उनीहरु पनि प्रदेश सभा १ मा निर्वाचन लड्दैछन् ।