२२ कार्तिक, पर्वत । जिल्लालाई सम्बृद्ध बनाउने एजेण्डा लिएर एमालेका उमेदवारहरु यति बेला घर दैलोमा ब्यस्त छन् । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि एमालेका ३ वटै उमेदवारहरु यति बेला घरदैलोमा ब्यस्त देखिएका हुन् ।
एमालेबाट प्रतिनिधि सभामा पदम गिरी दोस्रो कार्यकालका लागि उमेदवार बनेका छन् । पहिलो कार्यकालमा राष्ट्रियताको पक्षमा खरो रुपमा प्रस्तुत भएर युवा पुस्ताका माझ चर्चित बनेका गिरी प्रतिनिधि सभामा पुनः उमेदवार बनेका हुन् ।
एमालेको तर्फबाट प्रदेश सभा २ मा भक्त कुँवर र प्रदेश सभा २ मा मित्रलाल बस्याल उमेदवार बनेका छन् ।
एमालेका ३ जनै उमेदवारले पर्वत जिल्लालाई आगामी ५ बर्ष भित्रमा सम्बृद्धिको दिशामा लैजाने एजेण्डा बोकेर घरदैलो अभियानमा निस्किएका हुन् ।
प्रतिनिधि सभाका उमेदवार गिरीले जिल्लाका सवै सडक कालोपत्रे गरी गाउँमा गुणस्तरीय शिक्षा र सुविधासम्पन्न अस्पताल बनाउने योजना सुनाउने गरेका छन् । उनले यस अघि सवै मुख्य सडक कालोपत्रे गर्ने योजना बनाएका थिए । पहिलो कार्यकालको अन्तिमममा अधिकांश सडकहरुका कालोपत्रेको काम भएपनि अझै केहि सडकहरुमा कालोपत्रेको काम बाँकी रहेको गिरीको भनाई छ ।
जिल्लालाई देशको सम्बृद्ध जिल्ला बनाउने उद्घोषका साथ एमालेका उमेदवारहरु चुनावी मैदानमा देखिएका छन् ।




