२१ कार्तिक, पर्वत । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पर्वत जिल्लामा कुल १ लाख २२ हजार ६ सय ४९ जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार १ लाख २२ हजार ६ सय ४९ मतदाताले आगामी निर्वाचनमा भाग लिनेछन् ।
गत स्थानीय तहको निर्वाचन भन्दा ५७४ मतदाता थप भएका छन् । स्थानीय तहको निर्वाचनमा कुल १ लाख २२ हजार ५० जना मतदाता रहेका थिए ।
७६ वटा मतदान स्थल र १ सय ४८ वटा मतदान केन्द्र रहेका छन् ।




