२१ कार्तिक, पर्वत । मुख्य निर्वाचन अधिकृत आनन्दप्रसाद श्रेष्ठले पर्वत जिल्लाको निर्वाचन निश्पक्ष र भयरहित हुने बताएका छन् । आइतबार पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचनको विश्वसनीयता प्रति विश्वास गर्न जिल्लाबासीलाई आग्रह गरेका हु्न ।
श्रेष्ठले निर्वाचन आचारसंहितालाई पूर्णरुपमा कार्यान्वयन गरी निर्वाचनलाई सफल बनाउन निर्वाचन सम्वन्धी सकारात्मक सन्देश प्रवाह गर्न गराउन मिडियाकर्मीलाई आग्रह समेत गरे ।
जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले राजनीतिक दल, सार्वजनिक पद धारणा गरेको, मतदाता शिक्षा कार्यक्रमा सहभागि कर्मचारी, सरकारी तथा गैरसरकारी निकाय वा सार्वजनिक संस्था, मिडिया लगायतले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेका छन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा पर्वतमा १ लाख २२ हजार ६ सय ४९ मतदाता रहेका छन् । ७६ वटा मतदान स्थल र १ सय ४८ वटा मतदान केन्द्र रहेका छन् ।




