२१ मंसीर, पर्वत । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा सदस्यका उमेदवार अर्जुन जोशीलाई मतदाता सामू उत्तर दिन सकस परेको छ । ३ पटकसम्म प्रतिनिधि सभाका सदस्य बनेका जोशी पाँचौ पटक चुनावी मैदानमा छन । सानो जिल्ला भईकन विकासले फड्को मार्न सक्ने सम्भावनालाई जोशीले १८ बर्षे कार्यकालमा वेवास्ता गरेको भन्दै उनीसामू मतदाताले प्रश्नको चाङ तेर्साउने गरेका छन । सांसद भएपछि जोशीले जिल्लामा ठूला पूर्वाधारका कामहरु गर्न नसकेको उनीप्रति आरोप छ ।
चौथो पटक २०७४ सालमा निर्वाचनमा होमिएका जोशीलाई मतदाताहरुले यहि प्रश्न सोधेका थिए । उनी नेपाली कांग्रेसबाट पाँचौ पटक चुनावी मैदानमा छन् । जोशी सामू पुनः यहि प्रश्न दोहोरिएको छ ।
चुनावी अभियान अन्तर्गत जिल्लाका विभिन्न वडाहरुमा पुगेका जोशीलाई मतदाताले ‘यत्रो बर्ष सांसद हुनुभयो, हाम्रो लागि के गर्नुभयो ।’ भन्ने साझा प्रश्न सोधिरहेका छन । जोशीले २०५४ सालमा जिल्ला विकास समितिले खनेको सडक आफूले खनेको मतदातालाई बताएका छन । २०५४ साल पछि नियमित जिल्ला विकास समिति र गाउँ विकास समितिहरुमा आउने रकमले जिल्लाका सडक सञ्जालहरु विस्तार भएका छन ।
नेपाली कांग्रेसको केन्द्रिय नेतृत्वमा रहेर पनि जोशीले जिल्लामा ठूला योजनाहरु भित्राउन नसकेको भन्दै मतदाताले गरेको प्रश्नमा जोशीले केहि योजनाहरु भने आफूले जिल्लामा भित्राएका दावी गरेका छन । जिल्लाका ग्रामीण सडक आफूले निर्माण गरेको जोशीले दावी गरे पनि ति सवै सडक जिल्ला विकास समितिले खनेको स्वय्म मतदाताहरुले बताउने गरेका छन् । २०५४ साल पछि बनेको जिल्ला विकास समितिमा नेकपा एमालेकै नेतृत्व थियो ।
आफूले जिताएर पठाएका जनप्रतिनिधिहरुले आफूले अनुभूति हुने गरी विकास योजनाहरु ल्याउन भन्ने जनताले चाहेका हुन्छन् । मतमाग्न गएका प्रतिनिधिलाई मतदाताको एउटै प्रश्न छ–‘आश्वासन होइन हामीलाई विकास चाहियो ।’
उता दोस्रो पटक प्रतिनिधि सभाको उमेदवार बनेका गिरीसंग पनि जनताको अपेक्षा धेरै थिए । उनले आफ्नो पहिलो निर्वाचनमा सवै पालिकाहरुका मुख्य सडकहरुमा साइकल चढ्न मिल्ने गरी सडक निर्माण गर्ने प्रतिबद्धता गरेका थिए । केहि वडाहरुमा अझै पनि सडक कालोपत्रे नहुँदा गिरी सामू पनि जनताले त्यहि प्रश्न गरेका छन् । साइकल चढ्न मिल्ने बनाउने प्रतिबद्धता किन पुरा भएन भनेर गिरी सामू मतदाताले प्रश्न गरेका छन् ।
गिरी एमालेका उमेदवार हुन् । उनले कोरोना संक्रमण र सरकार परिर्वतनले आफ्ना सवै प्रतिबद्धता पुरा नभएको दावी गरेका छन् । गिरीले यस अघि नै निर्माण सम्पन्न भई कच्चि रहेका सडकहरुको स्तरोउन्नतीको एजेण्डा लिएर मतदाता माझ पुगेका थिए । तर अझै कतिपय सडकहरु कच्चि रहेका छन् । बाँकी सडकहरु आफ्नो दोस्रो कार्यकालमा जसरी पनि पक्कि बनाउने गिरीको प्रतिबद्धता छ ।




