Print

प्रतिनिधि सभामा गिरी र जोशी वीच प्रतिस्पर्धा

७ कार्तिक, पर्वत । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पर्वत जिल्लामा नेकपा एमालेका केन्द्रिय सदस्य पदम गिरी र नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य अर्जुन जोशी वीच प्रतिस्पर्धा हुँदैछ ।

सत्ताधारी गठबन्धनको तर्फबाट जोशी एमालेका गिरीसंग चुनावी मैदानमा छन् । गिरी २०७४ सालको निर्वाचनमा सर्वाधिक मतान्तरले प्रतिनिधि सभामा विजयी युवा सांसद हुन् । उनले सांसदको भूमिकामा रहँदा पर्वत जिल्लाको विकास र सम्बृद्धिको आधार तय गरेका आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउँछन् । पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व स्ववियू सभापति समेत रहेका गिरी जिल्लाका लोकप्रिय नेता हुन् ।

जोशी यस अघिका ३ वटा निर्वाचनमा विजयी सांसद हुन् । उनी २०७४ सालमा चौथो पटकको निर्वाचनमा पराजय भोगका थिए । जोशी पाँचौ पटक चुनावी मैदानमा छन् । उनले गठबन्धनको भोटका कारण आफूले निर्वाचन जित्ने दावी गर्दै आएका छन् । जोशीले संविधानको रक्षाका लागि आफूलाई मत मागिरहेका छन् ।

चुनावी मैदानमा रहेका २ ठूला दलका उमेदवारहरु अहिले घर दैलो र चुनावी अभियानमा छन् । गिरीले आफूले देखेको सम्बृद्ध पर्वतको सपना पुरा गर्नका लागि मत मागिरहेका छन् भने जोशीले संविधान जोगाउनका लागि भन्दै मत मागिरहेका छन् ।

५ बर्षमा पर्वतमा १ सय १३ किलोमिटर ग्रामीण सडक कालोपत्रे, १२ मोटरेवल पुल बने

विगत ५ बर्षको अवधिमा भएका विकास निर्माणका कामहरुलाई पुरा गर्नका लागि एक पटक आफू पुनः प्रतिनिधि सभाको उमेदवार बनेको गिरीको भनाई छ । देश भरका ६ निर्वाचन क्षेत्रमा मध्ये अत्याधिक बजेट पर्ने जिल्लाको सुचिमा यो अवधिमा पर्वत जिल्ला पनि परेको थियो । गिरीसंग यिनै चुनावी एजेण्डाहरु छन भने जोशीले संसद विघटन गर्ने पाटीलाई भोट नदिनको लागि आग्रह गरीरहेका छन् ।

जोशी २०५६, २०६४ र २०७० सालमा पर्वत क्षेत्र न १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा भने बामगठबन्धनको तर्फबाट गिरीसंग उनी १२ हजार ८ सय मतान्तरले पराजीत भएका हुन् ।