Print

१४ घण्टा पछि पर्वत सहित बागलुङ, म्याग्दी र मुस्ताङमा विद्युत सेवा सुचारु

१६ भदौ, पर्वत । गण्डकी प्रदेशका चार जिल्लाहरू पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा झण्डै चौथ घण्टादेखि विद्युत् सेवा अवरुद्ध भएको थियो । १४ घण्टाको अवरुद्ध पछि विहिबार राती ८ बजे देखि विद्युत सेवा सुचारु भएको छ ।

१३२ केभि मादी–पोखरा प्रसारण लाइन अवरुद्ध हुँदा बिहीबार बिहान साढे पाँच बजेदेखि चार जिल्लामा विद्युत् अवरुद्ध भएको थियो ।

पोखरा मोदी खण्ड १३२के भि प्रसारण लाईन पोखरा स्थित बाटुले चौर र भलाम बिच दुई ओटा टावर मा तार चुडिएका कारण विद्युत सेवा अवरुद्ध भएको पर्वत वितरण केन्द्रले जनाएको छ ।

टावरका तारको समस्या समाधान गरेसंगै साविक धौलागिरी क्षेत्रका ४ जिल्लामा विद्युत सेवा सुचारु भएको छ ।