२२ जेठ, पर्वत । स्थानीय तहको निर्वाचनमा देश भर ५ दलिय गठबन्धन भयो । नेकपा एमालेको विरुद्धमा भएको गठबन्धनका कारण नेपाली कांग्रेस स्थानीय तहमा पहिलो पाटी देश भर बनेको छ । पर्वत जिल्लामा पनि केन्द्रिय सर्कुलर अनुसार बनेको ५ दलिय गठबन्धन अन्ततः २ दलीय गठबन्धनमा परिणत भयो । कांग्रेस र माओवादीको गठबन्धनले मूर्त रुप पायो भने अन्य दलहरु यीनै दलको पछि लाग्न बाध्य भए । ५ दलिय गठबन्धन भनिएता पनि २ दल बाहेकका जनमोर्चा, जसपा र एकिकृत समाजवादीले कुनै न्यायोचित सिट प्राप्त गरेनन् । उनीहरुले माओवादी र कांग्रेसका उमेदवारलाई मत दिएर गठबन्धन जोगाए । उता, २ दल कांग्रेस र माओवादी वीच भएको गठबन्धन पनि सफल नभएको स्वयम् माओवादी नेताहरुको ठम्माई छ ।
जिल्लामा १ प्रमुख सहित ४ उपप्रमुख/उपाध्यक्ष पाएको माओवादी केन्द्र २ सिटमा मात्र चित्त बुझाउनु परयो । ठूलो नगरपालिका कुश्मा नगरपालिकामा माओवादीले उपप्रमुख पाए पनि माओवादीले जित निकाल्न सकेन् । कांग्रेस कार्यकर्ताले इमानदारीता नदेखाएको माओवादी नेताहरुको बुझाई छ । कांग्रेसका मेयरले निर्वाचन जित्दा माओवादीका उपपमेयरले निर्वाचनमा हार बेहोनु परयो । प्रारम्भिक रुपमा गठबन्धन गर्दा २ हजार बढि मत भएको आकलन गरिएको कुश्मा नगरपालिकामा माओवादीका उमेदवार १ हजार मतान्तमा निर्वाचत हारे ।
उता, विहादी गाउँपालिकामा पनि गठबन्धनको तर्फबाट माओवादीले प्राप्त गरेको उपाध्यक्ष पद फुत्कियो । गठबन्धनका उमेदवारले अध्यक्ष पद जित्दा माओवादीका उपाध्यक्षले हार बेहोरे । यत्ति मात्र होइन् माओवादीले प्राप्त गरेको अध्यक्ष पद मोदी गाउँपालिकामा थियो । औसतमा एमाले नै बलियो मानिएको मोदीमा पनि माओवादीका अध्यक्ष र कांग्रेसका उपाध्यक्ष दुवैले हार बेहोरे ।
कांग्रेस कार्यकर्ता रोएका छन, ५० माओबादी नभएको ठाउँमा तिनैलाई टिकट : कांग्रेस नेता मल्ल
पर्वतमा गठबन्धन प्रति कांग्रेस भित्र असन्तुष्टि, गठबन्धनको भोट लिने, सिट नदिने !
निर्वाचनको समिक्षा यत्तिमा मात्र सिमित छैन् । माओवादीले जिल्ला भर ढेड दर्जन वडाहरुमा आफ्ना वडाअध्यक्षलाइ उठाउने गरी तयारी गर्यो । तर २०७४ सालको साख समेत जोगाउन सकेन माओवादीले । २०७४ सालमा ४ वटा वडाहरुमा एक्लै निर्वाचन जितेको माओवादीले २०७८ सालको निर्वाचनमा भने ३ गठबन्धन गर्दा पनि ३ वटा वडाहरुमा चित्त बुझाउनु परयो । गठबन्धन नै गरेर जाँदा पनि जिल्ला भर जम्मा २२ जना मात्र जनप्रतिनिधि माओवादीले जितेको छ ।
कुश्मा नगरपालिका, मोदी गाउँपालिका र महाशिला गाउँपालका माओवादी विहिन भएका छन् । यी पालिकाहरुमा १ जना पनि जनप्रतिनिधि माओवादीको पक्षमा आएनन् ।
जिल्लामा लामो समय बाम तालमेलका कारण धेरै संघ संस्थाहरुमा बामपन्थीहरुले विजयी हासिल गर्दै आएका छन् । २०७४ सालको संघ र प्रदेशको निर्वाचनमा समेत माओवादी र एमालेको तालमेलका कारण दुवै दलका उमेदवारले अत्याधिक मत ल्याएर निर्वाचिन जितेका थिए । तर माओवादी र कांग्रेसको तालमेल जिल्ला उत्साहजनक अवस्थामा देखिएन् । यी सवै घटनाक्रमहरुको समिक्षा गर्दै माओवादीको जिल्लास्तरीय नेताहरु भने गठबन्धनले जिल्लामा माओवादीलाई फाइदा नपुराएको निश्कर्षमा पुगेको छ ।.माओवादीकै भोटले पर्वत जिल्लामा कांग्रेसले ५ वटा पालिका प्रमुख जितेको छ । यस अघि ३ पालिका प्रमुख जितेको कांग्रेस यसपटक गठबन्धनकै कारण थप २ पालिका प्रमुख जितेर पालिका प्रमुखहरुमा आधिपत्य कायम गरेको छ ।

गठबन्धनका कारण एमालेको प्रमुख पदहरु फुत्किए भने उपप्रमुख र उपाध्यक्ष पद थपिए । यी सवै खालका घटनाक्रमका कारण अहिले फेरी पर्वत जिल्लामा आगामी निर्वाचनहरुमा बाम तालमेलको विषय चर्चामा छ । आसन्न जिल्ला समन्वय समितिको निर्वाचनमा समेत केहि मत बामतालमेलमा देखिएको छ ।
अहिले जिल्ला समन्वय समितिको निर्वाचनमा माओवादीको निर्णायक भूमिका छ । कुल १४ मतदाता मध्ये ७ जना एमालेसंग छन भने कांग्रेससंग ५ मतदाताहरु रहेका छन् । उता, माओवादी केन्द्रसंग २ जना रहेका छन् । यसले गर्दा ७ जना एमालेको संख्या र कांग्रेसको ५ जना बहुमतमा छैन् । माओवादीको २ जनाले एमालेलाई समर्थन गरेको खण्डमा स्पष्ट बहुमत पुग्छ भने कांग्रेससंग समिकरण गरेमा मत बराबरीमा पुग्छ । बराबरी मत हुँदा जिल्ला समन्वय समिति गोलाप्रथामा जान्छ । केहि पुराना बामपन्थी नेताहरु र माओवादीका केहि नेताहरु जिल्ला समन्वय समितिको निर्वाचन र आगामी संघ प्रदेशको निर्वाचनमा समेत बामशक्ति एक ठाउँमा देखिनुपर्ने धारणामा छन् ।
उता, केन्द्रिय स्तरमा गठबन्धन भंग भइनसकेका कारण बाम तालमेल तत्काल भने सम्भब देखिदैन् । जिल्ला समन्वय समितिको निर्वाचन आगामी जेठ ३१ गते हुँदैछ ।
छलफलकै क्रममा रहेको बाम तालमेल हुँदा दुवै पाटीले निर्वाचन जित्ने सुनिश्चित रहेको स्वय्म एमाले नेताहरुको समेत ठम्माई छ । संघ र प्रदेशको निर्वाचनमा पनि कांग्रेसका उमेदवारले जित्ने र माओवादी उमेदवार हार्ने सम्भावनालाई इंकित गर्दै नेताहरु बामतालमेलको पक्षमा देखिएका हुन् ।
अर्थ वीट साप्ताहिकमा खबर छ



