११ जेठ, पर्वत । कुश्मा नगरपालिकामा नेकपा एमालेको तर्फबाट विजयी स्वस्थानी रिजालले पदभार ग्रहण गरेकी छिन् । मंगलबार नगरप्रमुख रामचन्द्र जोशीबाट सपथ ग्रहण गरे लगतै उपप्रमुख रिजालले पदभार ग्रहण गरेकी हुन् ।
नगरपालिकामा गठबन्धनको तर्फबाट नगरप्रमुखमा जोशी विजयी भएका हुन् भने एमालेको तर्फबाट रिजाल विजयी भएकी हुन् ।
नगरपालिकाको कार्यकक्षमा पदभार गरेलगतै पत्रकारसंग सक्षिप्त प्रतिक्रिया दिदै उपप्रमुख रिजालले आफ्ना भावी योजनाहरुको बारेमा जानकारी गराएकी छिन् । उनले वडा स्तरमा मेलमिलाप केन्द्र गठन गर्ने र स्थनीय न्याइिक समितिको इजलास निर्माण गरी न्याप सम्पादनमा सहजता अपनाउने जानकारी गराईन् । न्यायीक समितिको संयोजक उपप्रमुख हुने भएकाले रिजालले झै झगडा तथा विवादहरुलाई समझदारीमा समाधान गर्ने ब्यवस्था मिलाउने जानकारी दिइन् ।
यसैगरी उपप्रमुख रिजालले सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर सुधारका लागि बजेटको ब्यवस्था गरी मन्टेश्वर तालिमको ब्इवस्था मिलाउने र अतिरिक्त क्रियाकलाप मार्फत शैक्षिक गुणस्तरमय बृद्धि गर्ने कार्य योजना सुनाईन् ।
उनले गर्भवती तथा सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्सको ब्यवस्था मिलाउने तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धित वडाबाट वितरण गर्ने ब्यवस्था मिलाउन सहजीकरण गर्ने जानकारी दिईन । उपप्रमुख रिजालले अनुगमनलाई चेकलिष्ट पद्धति लागू गरी प्रभावकारी बनाउने तथा युवा युवतीको आर्य आर्जन सम्बन्धि क्रियाकलापहरुमा सहयोग गर्ने कार्यक्रमहरु ल्याउने प्रतिबद्धता ब्यक्त गरिन् ।




