Print

‘समाज बदल्ने अठोट’

१० जेठ, पर्वत । झण्ड हेर्दा दुब्लो छ । अनुहारमा दाह्ी छन् । नेता जस्तो पनि देखिदैन् । कार्यकर्ता हो जस्तो पनि लाग्दैन् । बोलीमा भने मिठास छ, मनमा आँट, साहस र उत्साह छ ।

२८ बर्षको युवामा समाज बदल्ने संकल्प छ । समाज बदलिएको हेर्ने धोको छ । मनमा अद्भूत विश्वास छ, कल्पना र सपनाका धेरै ठूला चाङ छन् । उसले बुझेको समाज विश्वको तुलनामा धेरै पछाडि परेको छ । उसले विदेशका विकसित शहरहरु देखेको छ । आधुनिक प्रविधिले छाएका वस्तीहरु देखेको छ । तर, आफ्नै वस्ती उसलाई उजाड लाग्छ ।

पल्लो घरमा विजुली बलेको छ, वल्लो घर अध्यारो छ । पारी डाँडामा घाम लागेको छ । वारी वस्तीमा बादल छाएको छ । बर्षातमा रातभर वस्ती नै जाग्राम हुन्छ । कतिबेला बर्षातले बगाउँला भनेर ।

मानिसका पिर देखेको, वस्ती वुझेको नारायण भुर्तेल निर्भिक अहिले वडाअध्यक्ष बनेको छ । पैयू ५ मा एमालेबाट उसले निर्वाचित जिते पछि समाज बदल्ने अठोट बोकेको छ ।
शब्द भण्डारले समाज बदल्ने अठोट थियो उसमा । केहि समय कलममा निमहरु चलायो । लेख्यो, समाजलाई देखायो, समाज बदल्ने अरु नेता भेटेन र उ आफै नेता बन्यो । पत्रकारिता छोडेर वडाअध्यक्ष बनेका पैयू ५ का भूर्तेल २८ बर्षका युवा हुन् ।

निर्वाचनको बेला वस्तीहरु डुल्दा धेरै घरहरु अध्यारो थिए । १५ बर्ष अघि वस्तीमा विजुली आए पनि आर्थिक समस्याले कतिपय घरले विजुली बाल्न पाएका छैनन् । यसैको एउटा उदाहरण हुन ८० बर्षका मनबहादुर राना । निर्भिक वडाअध्यक्ष बने पछि पहिलो काम मनबहादुरको घरमा विजुली जडान गरिदिएका छन् । टुकी बालेर बसेका मनबहादुरले निर्भिकको सहयोगमा उज्यालो घर पाएका छन् ।

वडाअध्यक्ष भूर्तेलले अबको ३ महिना भित्रमा गरिबिको रेखा मुनि रहेका नागरिकको डाँटा संकलन गरी उनिहरुलाई निःशुल्क स्वास्थ्य बिमा र बिद्युत महशुल निःशुल्क गर्ने निर्णय गरेका छन् ।

वडाअध्यक्षको पदभार ग्रहण पछि उनको मनमा समाजका सवै वेथिती अन्त्य गर्ने रहर जागेको छ । सवै गरिबलाई धनि भएकोे देख्न चाहना जागृत भएको छ । साना केटाकेटी देखे उनीहरु किन विद्यालय गएनन भनेर प्रश्न गर्ने जोश जागेको छ ।

शिक्षाले मानव सभ्यता परिणत गर्न सक्छ भन्ने विश्वासले उनले वडाका सवै नानीबाबुलाई विद्यालय भर्ना कार्यक्रम अघि बढाउने भएका छन् । विद्युत आएको १५ बर्षसम्म पनि जोखिमयुक्त विजुलीका खामहरु झुण्डिएको देख्दा उनले सुरक्षित विद्युत सेवाको अभियान चलाउने भएका छन् । आफ्नो कार्यकालमा काठे पोल विस्थापीतको संकल्प छ निर्भिकमा ।