१ जेठ, पर्वत । जिल्लाको फलेवास नगरपालिकामा पनि एमालेकै अग्रता देखिएको छ । फलेवास नगरपालिकामा ५ दलिय गठबन्धनलाई पछि पादै एमालेका नगरप्रमुखमा पदमपाणी शर्मा र उपप्रमुखमा मञ्जु अधिकारीले अग्रता लिएका छन् ।
गठबन्धनको तर्फबाट कांग्रेसका गंगाधर तिवारी र माओवादीकी शोभा क्षेत्री पछिल्लो परिणाम पछि परेका छन् । शुरुवाती अग्रता लिएका गठबन्धनका उमेदवारहरु यस पटक भने पछि परेका हुन् । एमालेका नगरप्रमुख शर्माले १४१० मत ल्याउँदा कांग्रेसका नगरप्रमुख तिवारीले १२८० मत ल्याएका छन् ।
यसैगरी एमालेकी उपप्रमु्ख अधिकारीले १३५८ मत ल्याउँदा माओवादीकी क्षेत्रीले १०६८ मत ल्याएकी छिन् ।
नगरपालिकामा अहिले ३ वटा वडाहरुको मात्र मतगणना भईरहेको छ ।




