Print

५ दलिय गठबन्धनलाई पछि पार्दै, जलजलामा एमालेका अध्यक्ष र उपाध्यक्षको भारी अग्रता

१ जेठ, पर्वत । नेपाली कांग्रेसका आधार क्षेत्र मानिने जलजला गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष र उपाध्यक्षले भारी मतान्तर बनाएका छन् । ५ दलिय गठबन्धनको तर्फबाट कांग्रेसको तर्फबाट अध्यक्ष र माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष पदमा भागबण्डा भएको थियो ।

गठबन्धनलाई परास्त पार्दै एमालेका अध्यक्ष र उपाध्यक्षले दोब्बर मतान्तर बनाएका छन् ।

एमालेका लालबहादुर अधिकारीले २४११ मत ल्याउँदा कांग्रेसका राजु आचार्यले ११७१ मत मात्र ल्याएका छन् । यसैगरी उपाध्यक्षमा एमालेकी सुनिता जिसीले २२३० मत ल्याउँदा माओवादी केन्द्रका दिपक आचार्यले १०७४ मात्र मत ल्याएका छन् ।

अहिलेसम्म वडा न १, २, ३, र ४ को गणना भईसकेको छ । गाउँपालिमा ९ वटा वडाहरुका रहेका छन् ।