३१ वैशाख, पर्वत । जिल्लाको सदरमुकाम समेत रहेको ठूलो नगरपालिका कुश्मा नगरपालिकाको मतगणना कार्य शुरु भएको छ । दिउँसो १२ बजेदेखि शुरु भएको मतगणनामा पहिलो चरणमा कुश्मा नगरपालिका वडा न १ र वडा न १४ को मतपेटिकाको मतगणना भईरहेको छ । जिल्लाको ठूलो नगरपालिका रहेका कारण यस नगरपालिकाको प्रमुख पदको नजिताको विषयमा भने आम चासो बढिरहेको छ ।
कुश्मा १ पाङ नेपाली कांग्रेसको आधार इलाका मानिन्छ भने कुश्मा १४ लाई कम्युनिष्ट पाटीको आधार क्षेत्र मानिन्छ । यी दुई वडाहरुको मतपरिणामले नगरप्रमुख र उपप्रमुखको जीत हारको आकलन गर्न सकिनेछ । कुश्मा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र जोशी चुनावी प्रतिस्पर्धामा छन भने एमालेको तर्फबाट गणेश शर्मा पौडेल चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचन अघिसम्म बलिया मानिएका जोशी निर्वाचन पछि भने पौडेलका कडा प्रतिस्पर्धाीको रुपमा हेरिएका छन् । सहज रुपमा आकलन गर्न नसकिने कुश्मा नगरपालिकाको मतपरिणामको आधार कांग्रेसका कार्यकर्ताको हातमा रहेको देखिन्छ । नेपाली कांग्रेसका कार्यकर्ताहरु इमानदार भएर मतदान गरेको भए प्रमुख र उपप्रमुखमा गठबन्धनको सहज जीत निश्किने छ भने क्रम मतदान गरेमा एमालेका नगरप्रमुख र उपप्रमुखले जित्ने अनुमान गरिएको छ ।
कांग्रेसमा लोकप्रिय मानिएका जोशी नगरपालिकाका संस्थापक मेयर समेत हुन् । आफ्नो पहिलो कार्यकालमा तलब भत्ता सामाजिक कार्यमा खर्च गरेर मनकारी मेयरका उपमा पाएका उनले निर्वाचन सहज जित्ने अनुमान गरिए पनि कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पौडेल निर्वाचनमा उमेदवार बनेपछि जोशीलाई अप्ठयारो परिस्थिती निर्माण भएको थियो । २ पटक संसदीय निर्वाचनमा पराजयको अनुभव बोकेका पौडेल पनि कम्युनिष्ट पाटी भित्र लोकप्रिय तथा सर्वमान्य नेताको रुपमा हेरिन्छ ।
यो परिस्थितीमा पौडेल प्रति स्वय्म कांग्रेसको समेत सहानुभूति मत जाने भएका कारण पनि मतपरिणाम पौडेलको पक्षमा आउन सक्ने समेत आकलन गरिएको छ । मतपरिणाम अनुसार जित र हारको अवस्था धेरै मतान्तरम नहुने भने निश्चित भएको छ ।




