Print

फलेवास पुगेर कांग्रेस नेता जोशीले सम्झिए माओवादीले हत्या गरेका शहिद हरिदत्त तिवारीलाई

२५ वैशाख, पर्वत । नेपाली कांग्रेसका नेता अर्जुन जोशीले फलेवास नगरपालिकाको थापाठानामा आयोजीत चुनावी सभालाई सम्बोधन गर्दै स्वर्गिय हरिदत्त तिवारीलाई सम्झिएका छन् । तत्कालीन शसस्त्र युद्धको समयमा नेपाली कांग्रेसका नेता तिवारीलाई माओवादीले हत्या गरेको थियो । माओवादी आन्दोलनको बेलामा विना कसुर हत्या गरिएका तिवारीलाई सरकारले शहिद घोषणा गरेको छ ।

कांग्रेस नेता जोशीले तत्कालीन अवस्थामा माओवादी आन्दोलनमा मृत्यु भएका तिवारीलाई सम्झदै भने –‘हाम्रो तर्फबाट पनि केहि गल्ती भए होला, अव ति कुरा छोडौ ।’ माओवादीले मुलक बदल्ने अभियान अन्तर्गत नै घटना घटेको उल्लेख गर्दै उनले यि सवै कुरा छोडेर गठबन्धन जोगाउनुपर्ने धाराण राखे । चुनावी सभामा ओली र एमाले प्रति आक्रामक देखिएका जोशीले हँसिया हतौडामा कांग्रेसले भोट हाले देशमा सम्बृद्धि आउने दावी गरे ।

संविधान सभाका सदस्य तथा पूर्व सांसद समेत रहेका जोशीले माओवादी र कांग्रेसका वीचमा यस अघि भएका सवै कटुवा मतदान गर्ने बेलामा भुल्न समेत आग्रह गरेका थिए । उनले मुलुक बदल्नका लागि गठबन्धन भएकाले ओलीको विरुद्धमा गठबन्धनमा भोट हाल्न अपिल गरे ।

फलेवास नगरपालिकामा माओवादी केन्द्र र कांग्रेसका वीचमा गठबन्धन छ । शहिद हरिदत्त तिवारीका छोरा समेत रहेका कांग्रेस नेता गंगाधर तिवारी नगरप्रमुखका उमेदवार बनेका छन् । तत्कालीन अवस्थामा माघ १ गते माघेसंक्रान्तिका दिनमा घरमा पारिवारिक रमाइलोमा रहेका तिवारीलाई माओवादी कार्यकर्ताहरुले घरको नजिकै लगेर कुटपिट गरी वीच बाटोमा छोडेका थिए । माओवादीको कुटाईबाट गम्भिर घाइते भएका तिवारीको मृत्यु भएको थियो ।

यति बेला माओवादी केन्द्रकै समर्थनमा नगर प्रमुख पदमा उठेका तिवारी शहिद पुत्र हुन् । माओवादी र कांग्रेसका वीचमा नेता तिवारीको हत्या पछि सुमुधर सम्बन्ध छैन् । नेता जोशीले ति सवै सम्बन्ध भुलेर यस पटक माओवादीलाई भोट हाल्न फलेवासमा आब्हान गरेका छन् ।

फलेवासको नगर उपप्रमुखमा भने माओवादी केन्द्रको तर्फबाट शोभा क्षेत्री उमेदवार बनेकी छिन् । एमालेले फलेवास नगरपालिकामा एमालेका पदमपाणी शर्मा र उपप्रमुखमा मञ्जु अधिकारीलाई उमेम्वार बनाएको छ । दुवै जना यस अघिका नगरप्रमु्ख र उपप्रमुखका विजेता हुन् ।