Print

भजन गाउँदै मत माग्दै कुश्मामा एमालेका उमेदवार

२५ वैशाख, पर्वत । स्थानीय तहको निर्वाचन आउन अव ५ दिन बाँकी छ । निर्वाचन नजिकिदै जाँदा उमेदवारहरुले मत माग्ने नयाँ नयाँ विधिको प्रयोग गर्न थालेका छन् । मतदातालाई आकर्षित गर्न मत माग्ने नयाँ नयाँ विधिको प्रयोग गरेका उमेदवार तथा दलका कार्यकर्ताले कुश्मामा आइतबार भजन जुलुस निकालेका छन् ।

एमालेका उमेदवारहरुलाई मत माग्न घरदैलो अभियानमा जुटेका एमाले कार्यकर्ताहरुले भजन गाउँदै आफ्ना उमेदवारको पक्षमा मत मागेका हुन् ।

कुश्मा नगरपालिका वडा न ५ मा एमालेका कार्यकर्ताहरुले एमालेका उमेदवारको पक्षमा भजन गाएर घरदैलो गर्दै मत मागेका छन् । एमालेको तर्फबाट कुश्मा ५ मा ज्ञानेन्द्र जोशी वडा अध्यक्षका उमेदवार छन् । एमालेले कुश्मा नगरपालिकामा गणेश शर्मा पौडेललाई नगर प्रमुखको उमेदवार बनाएको छ । यसैगरी उपप्रमुखमा स्वस्थानी रिजाललाई एमालेले उमेदवार बनाएको छ ।

नगरपालिकाको बजार क्षेत्र रहेको कुश्मा ५ मा एमालेले घरदैलो अभियान सञ्चालन गरेको हो ।