Print

माओवादी धर्म विरोधी नभएकाले गठबन्धन गर्यौ–कांग्रेस नेता जोशी

२० वैशाख, पर्वत । नेपाली काग्रेसका नेता अर्जुन जोशीले माओवादी धर्म विरोधी नभएकाले गठबन्धन गरेको दावी गरेका छन् । जिल्लाको कुश्मा नगरपालिका वडा न ११ पकुवा आयोजीत चुनावी प्रचार प्रसार कार्यक्रममा बोल्दै नेता जोशीले एमाले धर्म विरोधी भएकाले गठबन्धन नगरिएको तर अहिले गठबन्धन गरिएका दल धर्म विरोधी नभएको बताएका छन् ।

उनले कार्यक्रममा भनेका छन्–‘हामीले धर्म विरोधीसंग गठबन्धन गरेका छैनौ ।’ भाषावेशमा आएर गठबन्धनको बचाउ गरेका जोशीले भुलेका थिए माओवादी कै एजेण्डमा देश धर्म निरपेक्षतामा गएको थियो । उनले माओवादी पाटीको गुनगान गाउँदा गाउँदै भने–‘नेकपाको दुई तिहाई सरकारले केहि गरेन ।’

नेकपा पाटी एमाले र माओवादी मिलेर बनेको थियो । तत्कालीन अवस्थामा जोशीलाई एमाले र माओवादी केन्द्रको चुनावी तालमेलले झण्डै १३ हजार मतले संघीय निर्वाचनमा पराजय गराएको थियो । जोशीले माओवादीको बर्चाउ गर्दै गर्दा सिंगो कम्युनिष्ट प्रति लाक्षना र दोषारोपण गरेका थिए । उनले माओवादीसंग एजेण्ड मिल्ने तर एमालेसंग एजेण्डा नमिलेका कारण गठबन्धन भएको तर्क गर्दा कार्यक्रमका उपस्थित सहभागीमा हाँसोले भरिएको थियो ।

एमाले प्रति आक्रामक र माओवादी प्रति लचिलो भएर गठबन्धनमा भोट माग्न उत्तेजित बनेका जोशीले एमाले बाहेकका दलहरु लोकतन्त्र र गणतन्त्रका लागि लडेका कारण गठबन्धन गरिएको बताए । भाषणमा गठबन्धनमा रहेको जनमोर्चाको नाम समेत भुलेका जोशीले भने–‘यी सवै पाटीहरु मुलुकका लागि गणतन्त्र र संघीयताका लागि लडेका पाटी हुन ।’ जनमोर्चालाई संघीयताको लागि लडेको पाटी भनेपछि कार्यक्रमका सहभागी भने दङग परेका थिए ।

कांग्रेसका नेताहरुले एमालेलाई गाली गर्दै माओवादीको पक्षमा भाषण गरेको दृश्य स्थानीय बासीले भने अनौठो मानेर हेरिरहेका छन् ।

कांग्रेसले जिल्लाका धेरै वडाहरुमा आफ्नो प्रचार प्रसार कार्यक्रमलाई तिव्रता दिएको छ ।