Print

कुश्मा नगरपालिकामा दलहरुले आचारसंहिता उल्लंघन गरेपछि नियन्त्रणको तयारी

१८ वैशाख, पर्वत । कुश्मा नगरपालिका भित्रका दलहरुले आचार संहिता उल्लंघन गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले यसको नियन्त्रणको तयारी गरेको छ । आज मात्रै आचार संहिता अनुगमन समितिको वैठक बसी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई आचार संहिता कार्यान्वयन गराउनका लागि पत्रचार गरेको मूख्य निर्वाचन अधिकृत बलराम त्रिपाटिले जानकारी दिए ।

उता, जिल्ला प्रहरी कार्यालयबाट पनि आचारसंहिता पालना गराउनका लागि दलहरुलाई सचेत गराईएको जनाएको छ । दलहरुले आचासंहिता विपरितको र्याली निकाल्ने, माइक बजाउने र ठूला पोष्टर ब्यानरहरु टाँस गरेका छन् ।

आचार संहिता विपरित उमेदवारहरुको प्रचार प्रसार गरेका दलहरुलाई जिल्ला प्रहरी कार्यालयले सचेत गराएको छ । अटेर गरे कानून बमोजीमन नियन्त्रण हुने प्रहरीको भनाई छ ।