१८ वैशाख, पर्वत । जिल्लाको कुश्मा नगरपालिकामा कांग्रेस माओवादी गठबन्धनले घरदैलो अभियानको शुरुवात गरेका छन् । कुश्मा नगरपालिका वडा न १ पाङबाट कांग्रेस तथा माओवादीले घरदैलो अभियान शुरु गरेका हुन् ।
मत माग्नका लागि गाउँ पुग्ने क्रममा कांग्रेसको तर्फबाट नगरप्रमुख रामचन्द्र जोशी तथा माओवादी केन्द्रको तर्फबाट उपप्रमुख शंकर गिरीले घरदैलो अभियानको शुरु गरेका हुन् ।
संयुक्त गठबन्धनको रुपमा कांग्रेस र माओवादीले अभियान अन्तर्गत नगरपालिकाका सवै वडाहरुमा पुगेर मत माग्नेछन् । ५ दलीय गठबन्धन भने पनि कुश्मा नगरपालिकामा कांग्रेस र माओवादीको मात्र गठबन्धन बनेको छ । बाँकी दलहरुले आफ्ना आफ्ना उमेदवार उठाएका छन् ।
यसैगरी एमाले, कांग्रेस, माओवादी, राप्रपा लगाएतका अन्य दलहरुले समेत पर्वत जिल्लाका सवै पालिका र वडाहरुमा मतदातासंग मत माग्ने अभियान सञ्चालन गरीरहेका छन् ।




