Print

चिसो मौसमवाट प्रभावित परिवारलाई पर्वतमा न्यानो कपडा वितरण

१ पौष, पर्वत ।  चिसोका कारण गरिब, विपन्न र दलित समुदायका नागरिकहरु प्रताडित बनेका छन् चिसो मौसमवाट प्रभावित परिवारलाई मध्यनजर गर्दै पर्वतमा न्यानो कपडा वितरण अभियान थालिएको छ । जिल्लामा सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमुना स्काउट ट्रपको संयुक्त आयोजनामा न्यानो कपडा वितरण गर्न थालिएको हो ।

शुक्रवारदेखि बजारका उद्योगी, व्यावसायी तथा अन्य बासिन्दाहरुसँग पुराना र सफा कपडा संकलन गर्ने र विपन्न तथा असहाय नागरिकलाई वितरण गर्ने अभियान थालिएकोमा  एकैदिन झण्डै २ सय जनाले न्याना कपडा पाएका छन् । एक सय ५० जनाले प्रत्यक्ष रुपमा उपस्थित भएर आफुलाई र कतिपयले परिवारका अन्य सदस्यलाई समेत कपडा लगेको लायन्स क्लव अफ पर्वत गुप्तेश्वरका अध्यक्ष अर्जुन पौडेल निर्जनले बताउनुभयो

शुक्रवार पहिलो दिन झण्डै पाँच बोरा कपडा संकलन गरिएको थियो । सिरक, डसना, स्वीटर, ज्याकेट, ब्लांकेट, कुर्ता, सुरवाल, टोपी, टाउजर, ट्रयाकसुट, जुत्ता, मोजा लगायत लगाउने र ओढ्ने ओछ्याने कपडाहरु समेत संकलन गरिएको थियो ।संकलित कपडाहरु आज सदरमुकामको मैत्रीचोक स्थित मेघा बैंक नजिकैवाट वितरण गरिएको थियो । न्याना कपडा लिनका लागि विपन्न र असहायहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

जाडो याममा लगाउने न्याना कपडा पाएपछि उनिहरु हर्षिन बनेका थिए । कपडा लैजानेमा मजदुहरु र उनिहरुका परिवार थिए । कपडा वितरणको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले जाडोको समयमा लायन्स क्लवले गरेको यो कार्य अन्त्यन्तै सह्रानीय भएको बताउँदै यसलाई सदरमुकाममा मात्र केन्द्रीत नगरी गाउँ गाउँमा पनि अभियान चलाउन आग्रह गर्नुभयो

जो आफै किनेर न्याना लुगा लगाउन र न्यानो ओछ्यानमा सुत्न सक्दैनन् उनिहरुका लागि यो अभियानले ठुलो सहयोग पुग्ने कुश्मा नगरपालिका वडा नं. ७ का अध्यक्ष सुवासचन्द्र पौडेलले बताउनुभयो । यो अभियानमा उक्त वडाको पनि सहकार्य रहेको छ जाडो महिना शुरु भएपछि विपन्न, दलित, र मजदुरहरुका परिवारहरु प्रभावित हुने गरेका छन् । चिसोवाट हुने संक्रमणदर समेत उनिहरुमा बढेको अस्पताल तथा क्लिनिकहरुको तथ्यांकले देखाएको छ । त्यसैले उनिहरुको हितलाई मध्यनजर गर्दै अभियान थालिएको अध्यक्ष पौडेलले बताउनुृभयो ।न्यानो कपडा संकलन तथा वितरण अभियान जाडो यामभरी निरन्तर संचालन गरिने भएको छ ।

पहिलो चरणमा सदरमुकाम र त्यसपछि पालिका स्तरमा पुगेर संकलन तथता वितरण गरिने भएको छ । अभियानमा उद्योगी, व्यावसायि तथा बजारवासी नागरिकले स्वतः स्फुर्त रुपमा पुराना तथा सफा र पुनः प्रयोग गर्न सकिने कपडाहरु सहयोग गरेको क्लवले जनाएको छ । यो अभियान हरेक शुक्रवार र शनिवार संचालन गरिने भएको छ
जाडो मौसममा आर्थिक अभाव कमजोर भएका बिपन्न असाहाय व्यक्तिहरुलाई चिसोबाट सुरक्षित राख्न क्लबले न्यानो कपडा संकलन गरि बितरण गर्ने अभियान थालनी गरेको क्लवका अध्यक्ष पौडेलको भनाई छ । ‘पुनः प्रयोग गर्न मिल्ने खालका सफा कपडाहरु क्लबले संकलन गदै आएकोले बजारवासीहरुलाई त्यस्ता कपडा सहयोग गर्न समेत अपिल गरिएको छ