१९ कार्तिक, पर्वत । आगामी निर्वाचनमा एमाले बाहेकका सवै दलहरु गठबन्धन गरे पनि एमाले एक्लै चुनाव लड्न तयार रहेको सांसद पदम गिरीले बताएका छन् । तिहार पर्वको अवसरमा कुश्मा नगरपालिका भित्रका वडाहरुमा आयोजीत शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै गिरीले चुनावमा एमाले एक्लै लड्न तयार रहेको बताएका हुन् ।
स्वदेशी तथा विदेशी शक्तिले समेत एमाले बलियो शक्ति भएकाले यसलाई परास्त पार्न अरु सवै दललाई एक ठाउँमा ल्याउन भूमिका खेलिरहेको गिरीले बताए । उनले एमाले एक्लै महागठबन्धन विरुद्ध चुनावमा लड्न तयार रहेको र निर्वाचन पछि एमाले प पहिलो शक्ति नै हुने दावी गरे । सांसद गिरीले एमालेका सवै कमिटिहरुले गतिशिल भएर काम गर्नुपर्न भन्दै जनताको माझ एमालेको विश्वास नघटेको स्पष्ट पारे ।
ठूलो शक्तिका विरुद्ध साना शक्तिहरु मिल्नु स्वभाविक रहेको भन्दै उनले ति शक्तिहरु निर्वाचनबाट पराजीत हुने विश्वास दिलाए ।




