Print

कुश्मा नगरपालिकाका २ वडामा एमालेको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

१९ कार्तिक, पर्वत । नेकपा एमाले कुश्मा नगर पालिका भित्रका २ वटा वडामा एकै दिन शुभकामना आदान प्रदान तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा ५ र ६ को वडा कमिटिले चाडपर्वहरुको सन्दर्भमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।

शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद तथा एमाले पर्वतका जिल्ला अध्यक्ष पदम गिरीले नेकपा एमाले विरुद्ध चौतर्फी घेराबन्दी भए पनि आगामी निर्वाचनमा एमाले नै देशको पहिलो शक्ति हुने दावी गरे । उनले वडा कमिटि र जनवर्गिय संगठनहरुले एमालेलाई बलियो शक्ति बनाउनका लागि जनता र कार्यकर्ता माझ पुग्न निर्देशन समेत दिए ।

निर्वाचनमा आउने मत परिणामले मात्र कमिटिहरुको कामको मूल्यांकन हुने भन्दै सांसद गिरीले महागठबन्धन विरुद्ध एमाले एक्लै भिड्न तयार रहेको समेत उल्लेख गरे ।
वडा न ५ का वडा कमिटि अध्यक्ष टंक लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटि सदस्यहरु मनोहर वि पौडेल, मेघनाथ सुवेदी, पाटी उप सचिव गोविन्द पहाडी र नगर कमिटि अध्यक्ष मिनप्रसाद श्रेष्ठले शुभकामना ब्यक्त गरेका थिए भने सञ्चालन रमेश श्रेष्ठले गरेका थिए ।

उता, वडा न ६ मा भएको कार्यक्रमको अध्यक्ष वडा अध्यक्ष कृष्ण गिरी स्वागत उपाध्यक्ष अनिता पौडेल र सञ्चालन उप सचिव सुन्दर गिरीले गरेका थिए ।

हिजो नै सांसद गिरी जलजला गाउँपालिकाका माझफाँटमा पुगि ८१ बर्षकी स्वर्गिय दमयन्ती अधिकारी प्रति श्रद्धाञ्जली ब्यक्त गरेका थिए । श्रद्धाञ्जली सभाको अध्यक्ष जलजला नेकपा एमाले गाउँ कमिटि अध्यक्ष लालबहादुर अधिकारी र सञ्चालन नगर सचिव तुलसी रेग्मीले गरेका थिए ।