१९ कार्तिक, पर्वत । कम्युनिष्ट पाटी पर्वतका संस्थापक नेता तोयनाथ चालिसे सम्मानीत भएका छन् । कुश्मा नगरपालिका वडा न ६ को नेकपा एमालेको वडा कमिटिले नेता चालिसेलाई सम्मान गरेको हो । नेता चालिसे पर्वत जिल्लामा कम्युनिष्ट पाटीको स्थापना गर्ने संस्थापक मध्येका एक नेता हुन् ।
चालिसेलाई गृह वडा कमिटिले एक कार्यक्रमका वीच सम्मान गरेको हो । प्रतिनिधि सभाका सदस्य तथा एमाले पर्वतका अध्यक्ष पदम गिरीले दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेका छन् ।
नेता चालिसेसंगै कम्युनिष्ट आन्दोलनमा योगदान पुराएका भद्र भण्डारी, दुर्गा गिरी, मेघराज गिरी, ज्ञानेन्द्र पहाडी, महेन्द्र शेरचन, एकनारायण गिरी र पुरन गिरीलाई वडा कमिटिले सम्मान गरेको हो ।
प्रमुख अतिथिको तर्फबाट मन्तब्य राख्दै सांसद गिरीले कम्युनिष्ट आन्दोलनमा पुराएको योगदानको उच्च कदर र प्रशंसा गरेका थिए । वडा कमिटि अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा कमिटिका सह सचिव सुन्दर गिरीले गरेका थिए ।




