२९ असोज, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी जीपमा सवार ८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यात्रु बहाक जीप दुर्घटना हुँदा ८ जना घाइते भएका हुन ।
घाइतेहरु मध्ये ६ जनालाई पर्वत अस्पतालमा उपचार पछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।
बाँकीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनाको थप विवरण प्राप्त हुन बाँकी छ




